एयरपोर्टमा केहीछिन तहल्का मच्चियो।



एजेन्सी । एक भारतीय महिलाले आफ्नो झोलामा ‘बम टु ब्रिसबेन’ लेखेपछि अष्ट्रेलियाको एयरपोर्टमा केहीछिन तहल्का मच्चियो।

भारतकी ६५ वर्षिया वेन्कता लक्ष्मी आफ्नो ६५ औं जन्मदिन मनाउन अष्ट्रेलिया गएकी हुन्। छोरीको परिवार अष्ट्रेलियामा भएकोले उनी त्यहाँको लागि भारतबाट सिंगापुर हुँदै उडेकी थिइन्। जब अष्ट्रेलियाको एयरपोर्टमा उत्रीइन्, पुलिसले उनलाई रोके र छुट्टै कोठामा लगेर केरकार गरे। किनकी उनको झोलामा ‘Bomb to Brisbane ‘ लेखिएको थियो।

एक्लै पहिलोपटक त्यति टाढा हिंडेकी उनले आफूले ठाउँ बिर्सन्छु कि वा कतै हराउँछु कि भनेर मुम्बईबाट अष्ट्रेलियाको ब्रिसबेन हिडेको कुरा झोलामा लेख्न चाहेकी थिइन् । साधारण लेखपढ गर्ने उनले मुम्बईलाई बम्बै लेख्नको लागि सुरु गरिन् तर ठाउँ नपुग्ने देखेपछि बम मात्र लेखिन् । जसले उनलाई अष्ट्रेलियामा तनाव दियो ।

उक्त केरकारमा लक्ष्मीले झोलाको कुरा देखाईन् र आफ्नो सबै कुरा राखीन्। त्यसपछि त्यहाँका अधिकारिले भारतमा उनी उडेको एयरपोर्टमा सम्पर्क गरेर सबै कुरामा प्रष्ट भएपछि उनलाई छोडेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्