देउवा सरकारको नैतिकता हरायो गौतम



बर्दिया, असार ७  एमाले उपाध्यक्ष वामदेव गौतमले देउवा सरकारको नैतिकता हराएको वताउनुभएको छ  ।  वर्तमान गठबन्धन सरकार अन्तर्राष्ट्रिय कानुनविपरीत टिकापुर घटनाका अपराधीलाई आममाफी दिनु र अभियोगीलाई क्षतिपूर्ति उपलब्ध गराउनु नैतिकहीन भएको गौतमले वताउनुभयो ।  प्रेस चौतारी, बर्दियादद्धारा  गुलरियामा बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बतानु भएका हो ।  स्थानीय निकाय निर्वाचन विदेशीको ईशारामा सार्नुले अराजकता निम्ताएको हाँले ‘मुट्ठी भरका राजपा नेता समुदायको पार्टी बनेका छन् त्यो संविधानले बन्देज लगाएको छ ।’सञ्चारकर्मीको जिज्ञासामा यो सरकारले संविधानको उल्लंघन गर्दै निर्वाचन आचारसंहिताका उल्लंघन गरेको समेत आरोप लगाउनुभयो । चुनाव पटक पटक सार्नु राज्यको ढुकुटी दुरुपयोग भएको छ उनले भने,‘दोस्रो चरणको निर्वाचनमा मधेसमा एमालेले अधिकांश ठाउँमा विजयी हुने डरले राजपाका नेता चुनावदेखि भागेका हुन् ।
हुन भन्नुभयो ।

गोर्खाल्यान्ड भारतको आन्तरिक मामला
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री भएका गौतमले भारतको दार्जिलिङमा भइरहेको गोर्खाल्यान्डको माग आन्तरिक मामला भएको बताए । उनले नेपालभित्र विदेशीको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार नहुने बताएका छन् । सञ्चारकर्मीको जिज्ञासामा भारतको आन्तरिक मामला भएकोले गोर्खाल्यान्डका बारेमा केही बोल्न मिल्दैन गौतमले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्