१५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने



सैघाली खबर,
दाङ ३ बैशाख।

सरकारले १५ दिनभित्र सबै तहमा आवश्यक कर्मचारीको व्यवस्था गर्ने बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई आफूले प्राथमिकता दिने भन्दै योग्यता, क्षमता अनुसार निर्धारण गरिएको पदमा जाने गरी १५ दिन भित्र आवेदन दिन पनि आह्वान गर्नुभएको छ ।

मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा गएर काम गर्न कर्मचारीहरुलाई पुनः सचेत गराउनुभयो । निजामती सेवा ऐनले गरेको व्यवस्था अनुसार सबै कर्मचारीले आफ्नो कार्य क्षेत्रमा गएर काम गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री पण्डितले कर्मचारीहरुले कार्यथलोमा राजनीति गरे सहृय नहुने चेतावनी दिँदै कामबाहेक अरु गतिविधिमा लाग्न नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्