नेकपाको बन्दका कारण पूर्वी नेपाल ठप्प, ठाँउ ठाँउमा बम बिस्फोट र आगजनी



विराटनगर संवाददाता
नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दका कारण आज पूर्वी नेपाल ठप्प छ ।

बन्दका कारण त्यहाँको यातायात सञ्चालनमा नआएपछि जनवीवन कष्टकर बनेको छ । बन्दका कारण यातायात, कारखाना विद्यालय लगाएत कुनैपनि कार्यालय सञ्चालनमा आएका छैनन् ।

आफ्नो पार्टीका नेता तथा कोशी ब्यूरो इन्चार्ज किरण राई लगायत पूर्वी नेपालबाट एकमहिना अगाडी गिरफ्तार भएका लगभग एक दर्जन कार्यकतालाई ओली सरकारले विना कारण गिरफ्तार गरेको र रिहाइको नाटकगरि पुन गिरफ्तार गरेको भन्दै सो पार्टीले आज पूर्वी नेपाल बन्दको आयोजना गरेको थियो । यो उसको पूर्वघोषित कार्यक्रम हो ।

यसैबीच सुनसरीको सूर्योदय यातायात प्रालीको कार्यालयमा आगजनी भएको समाचार प्राप्त भएको छ ।

झापादेखी  सुनसरी, विराटननगरसम्म गाडीचल्ने उक्त यातायात प्रालिको सुनसरीको इटहरीचोकमा रहेको कायार्यालयमा आजगनी भएको हो । यो समाचार तयार पार्दासम्म घटनाको जिम्मा कसैले लिएको छैन ।

सुनसरी र मोरंगको सिमानास्थित बुढीखोलामा बम राखिएको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको बताइएको छ । यता दुहबीको एउटा मदिरा कारखानामा बम विस्फोट भएको समाचार प्राप्त भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्