अपराध महाशाखाको जिम्मेवारी सिंहलाई



सैघाली खबर,
काठमाडौं, ४ वैशाख्र।

महानगरीय अपराध महाशाखामा एसएसपी धीरजप्रताप सिंह आएका छन् ।वैशाख २ गते मन्त्रीस्तरिय निर्णयबाट उनलाई प्रहरी प्रधान कार्यालयले अपराध महाशाखामा काजमा सरुवा गर्ने निर्णय गरेको हो। सिंह हाल बागमती अंचल प्रहरी कार्यालय बनेपामा कार्यरत थिए।

अपराध महाशाखाका एसएसपी दिवेश लोहनी साढे ३३ किलो सुन काण्डमा विवादित भएपछि उनलाई हेडक्वाटर तानिएको छ । लोहनीकै ठाँउमा सिंहलाई खटाईको हो ।

पर्सा, दाङ लगायतका क्षेत्रमा बसेर सिंहले काम गरिसकेका छन् । पर्सामा रहदाँ सहायक सिडिओ बल बहादुर मल्ललाई गोली हान्ने सुटर रितेश तिवारीलाई उनले पक्राउ गरेका थिए।

दाङमा ब्यापारी राजकुमार श्रेष्ठको हत्यारा पनि उनले पत्ता लगाएका थिए। सिंह संगठित अपराधका जानकार पनि हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्