स्थानीय चुनाबका लागी सबै तयारी अन्तिम चरणमा निर्वाचन आयोग



असार ८ दाङ
यहि असार १४ गते बुधबार हुने स्थानीय तहको चुनावका लागि सबै तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको चुनाव हुने ३५ जिल्लाका ३३४ तहमा यसअघि नै निर्वाचन अधिकृत र सुरक्षाकर्मी पुगिसकेका छन् ।
मतदान केन्द्रमा शनिबार बेलुका सम्ममा मतदान अधिकृत पुगिसक्ने आयोगले जनाएको छ ।
दुर्गम ठाउँमा मतदान अधिकृत जाने क्रम सुरु भइसकेको र शनिबार बेलुकासम्ममा सबै केन्द्रमा मतदान अधिकृत पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
यस्तै आचारसंहिता उल्लंघन बढेपछि अनुगमनलाई तीव्र पारिएको पनि आयोगले जनाएको छ । दाङमा २ उपमहानगरपालीका,१ नगरपालीका र ७ गाँउपालीकाका ५ सय २० पदका लागि २ हजार ३ सय ८२ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसका लागि १ सय वटा निर्बाचन केन्द्र तोकिएको छ भने २ लाख ९१ हजार १ सय ७३ जनाले मतदान गर्ने छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्