संघद्धारा चार पत्रकार सहित १६ जना सम्मान तथा पुरस्कृत



दाङ,८ बैशाख । नेपाल सुनचाँदी व्यावसायी संघ दाङले चार पत्रकार सहित १६ जनालाई सम्मान गरेको छ । संघको १८ औ साधारण सभा एवं दशौ अबिधेशनको अबसरमा पुरस्कृत तथा समान गरेको हो । संघले संस्थापक अध्यक्ष त्रिलोक नारायण ंिसह, टेकबहादुर सुनार, विनोद रसाईली, विनोद वराईली, पत्रकारीतामा सुनचाँदी व्यवसायीहरुको हकहितका पक्षमा कलम चलाएको भन्दै पत्रकार महासंघ दाङका जनक नेपालीलाई प्रसंसा पत्र तथा नगद सहित पुरस्कृत गरीएको थियो । पत्रकार गोविन्द खड्का, बशुन्धरा गौतम तथा नविन अभिलासीलाई पनि सम्मान पत्रका साथ सम्मान गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहनकुमार सुनारले सम्मान तथा पुरस्कार गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्