एकताको सन्देश दिन आज एमाले माओवादीको संयुक्त सभा



 

सैघाली खबर,
काठमाडौं९ बैशाख।एमाले र माओवादी केन्द्रले आइतबार संयुक्त कार्यक्रम गर्दैछन्। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर दुवै पार्टीका शीर्ष नेताले चाँडै एकीकृत हुने सन्देश दिन आइतबार संयुक्त कार्यक्रम गर्न लागेका हुन्। पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा आइतबार दिउँसो हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसदमा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुवै दलका नेताले बताउँदै आएका छन्।

दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो। त्यसलाई अन्तिम रूप दिन प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच विगत केहि दिन देखि घण्टौं एक्लाएक्लै वार्ता हुने गरेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्