आजको राशिफल



वि.सं. २०७५ साल वैशाख १० गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल २३ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– अष्टमी, १६:०३ बजेउप्रान्त नवमी।
                                                                                                                    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा प्राप्त हुनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकेही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकेही कठोर नीति अवलम्बन गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च बढ्ने र काम रोकिने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। कर्मफलले मन प्रसन्न रहनेछ। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ भने जीवनशैलीमा परिवर्तन आउनेछ। तर पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा पनि केही धन बाहिरिने समय छ। प्रतिफल पाउन समय लागे पनि श्रमको उचित मूल्यांकन हुनेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकेही अवरोध भए पनि कर्मको प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। प्रतिष्ठित काम शुभारम्भ गर्ने मौका छ। विशेष अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। शुभचिन्तकहरूले सहयोग जुटाउनेछन्। विगतका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा केही समस्या पर्न सक्छ। तापनि अवसर प्राप्त हुनाले चिताएको फाइदा उठाउन सफल भइनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। व्यापार-व्यवसाय बढ्नेछ भने श्रमको राम्रो उपलब्धि हात पार्न सकिनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusस्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा अलि ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusहिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। चिताएको काम बनाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि पाठ सिकाउन सकिनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। मिहिनेतको फलले उत्साह जगाउनेछ। दिगो फाइदा हुने काममा अघि बढ्न सकिनेछ। (नेपाली पात्रो)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्