यसरी लुटिरहेछन कांग्रेस नेताहरु यो देश, भ्रमणका नाममा झण्डै करोड स्वाहा



काठमाडौं
पुर्व शिक्षामन्त्री गोपालमान श्रेष्ठको विदेश भ्रमण क्रममा एक करोड रुपैयाँ खर्च भएको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा तत्कालीन शिक्षा मन्त्री श्रेष्ठ, शिक्षा सचिव लगायत १० जनाले अस्ट्रेलिया र १९ जनाले हङकङ भ्रमण गर्दा ९९ लाख ६३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ।

उनी शेरबहादुर देउवाले नेतृत्व गरेको अघिल्लो सरकारका उपप्रधान मन्त्री समेत हुन ।

उनीहरुले सीप विकास परियोजनाबाट उक्त रकम खर्च गरेको रिपोर्टमा उल्लेख छ।

शिक्षा मन्त्रालयबाट महालेखा परीक्षकको कार्यालयमा बुझाइएको विरणमा भने उक्त भ्रमणको विवरण समावेश छैन।   thaha khabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्