राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक ०दाङको का शुभकामना आदानप्रदान तथा समिक्षात्मक कार्यक्रम



सैघाली खबर,
घोराही, १० बैशाख ।
श्रीमनी न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक ०ले जिल्लाका पदाधिकारीसंग समिक्षात्क छलफल एवम् शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दाङका अध्यक्ष नरेशजंग राणाको अध्यक्षता एवं राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक ०का महामन्त्री ध्रुबबहादुर प्रधानको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य तिलक मज्गैयाको विशिष्ट आतिथ्यतामामा भएको कार्यक्रम भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले चुनावमा भोग्नुपरेको र आगामी रणनीतिकबारे छलफल गरेको छ । श्रीमनी न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा उपस्थिति पदाधिकारीले पार्टीले केन्द्रीय नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टीले पराजय भोग्नुपरेको दुखेसो पोखेका छन् । उनीहरूले पार्टीलाई मजबुत बनाएर लैजानुपर्ने भन्दै केन्द्रका नेतृत्वले स्वार्थको भाव त्याग्नुपर्ने बताएका थिए । कार्यक्रममा अम्जदअली सिद्दीकी,ललितप्रसाद पोखरेल, लिला यादव लगायतले मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि महामन्त्री प्रधानले जिज्ञासाको जवाफ दिनुभएको थियोे । कार्यक्रमको सहजीकरण बंशिकुमार शर्माले गर्नुभएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्