प्रमुख निर्वाचन आयुक्त यादव पत्रकारसामु किन रोए ?



प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आफूमाथि ज्यान लिनेगरी हमला हुँदापनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको भन्दै दुखि बनेका छन् ।

आइतबार हात्तिवनस्थित घरमा बम बिस्फोट भएपछि प्रमुख निर्वाचन आयुक्त यादव दुखि बनेर पत्रकारसामु रोएका थिए । बम विष्फोटपछि यादवको निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार रातिदेखि नै यादवको निवासमा सुरक्षाकर्मी परिचालित भएका छन् ।

यसैबीच निर्वाचन आयोगले विज्ञप्ती निकालेर प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसाग माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यस्ता प्रकारका घटनालाई मध्यनजर गरी आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा घटेको घटनाको यथाशिघ्र छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारवाही गर्न आयोग नेपाल सरकारसँग हार्दिक आग्रह गर्दछ ।’

आयोगका अनुसार आइतबार प्रमुख आयुक्त यादवको घरमा भएको बम विस्फोटबाट पर्खाल, झ्याल, ढोका लगायत धेरैस्थानमा क्षति पुगेको छ । आयोगले विज्ञप्तिमा भनेको छ ‘भर्खरै मात्र तीन तहका निर्वाचन लगायतका सम्पूर्ण निर्वाचन सफलता पूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको दुखद घटनाबाट आयोग परिवार स्तब्ध भएको छ ।’ बम बिष्फोटबाट मानवीय क्षति नभएपनि पर्खाल भत्किएको छ भने झ्यालका शीशाहरु फुटेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्