गिरीको प्रतिबद्धता पत्र सार्बजनिक



असार ९ दाङ
नेपाली कांगे्रस तुलस्ीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेद्धार गेहेन्द्र गिरीले औपचारिक रुपमा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
नेपाल प्रेस युनियन दाङको आयोजनामा आज शुक्रबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा तुलसीपुर उपमहानगरपालिका का नेपाली कांगे्रसको तर्फबाट मेयर पदका उम्मेद्धार,पूर्व सांसद समेत रहनुभएका गिरीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै नेपाली कांगे्रसलाई अत्यधिक बहुमतका साथ विजयी बनाउन सबै मतदाताहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांगे्रसको प्रतिवद्धतामा विभिन्न महत्वपूर्ण विकासे योजना देखि लिएर शिक्षाशिक्षा,स्वास्थ्य,खेलकुद,रोजगार,पर्यटन,वातावरण,यातायात,सिचाई,उद्योग लगायत का क्षेत्रमा महत्वपूर्ण काम गरिने उल्लेख गरिएको छ ।
यस्तै अपागं,पिछडिएको क्षेत्र,ज्येष्ठ नागरिक,सिमान्तकृत वर्ग लगायतको भावनालाई बुझेर उनिहरुलाई राज्यले वितरण गर्ने सेवा सुविधा बाट बन्चित नगरिने र राज्यको मूलधारमा समावेश गरिने उल्लेख गरिएको छ । यस्तै उहाँले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै युवाहरु देशका कर्णधार भएको र थुप्रै युवाहरु देश को परिस्थिती बाट चिन्तीत भएकाले उनीहरुको मनोवल बढाउन र सिर्जनशिल क्षमताको विकास गरी उनीहरुको लागि रोजगारीको सिर्जना गरी सबैलाई सक्षम र क्षमतावाण बनाउन प्रयास गरिने पनि उहाँले बताउनुभयो ।
देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास कांग्रेसले नै गरेको उहाँले दाबी गर्नुभयो ।
उहाँले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व नेपाली कांगे्रसले नै गरेको र ति सबै आन्दोलनलाई परिणाममा पुर्याई तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने कामसमेत नेपाली कांग्रेसले पटकपटक सम्पन्न गरेको भन्दै जसरी भएपनि असार १४ गतेको निर्वाचनमा नेपाली कांगे्रसलाई मत दिई अत्यधिक बहुमतका साथ विजयी बनाउन आग्रह गर्नुभयो ।
नेपा प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपमेयर कि उम्मेद्धार देविका नेपालीले नेपाली कांगे्रसमात्रै विकास प्रेमी पार्टि भएकाले आउदै गरेको स्थानिय तहको निर्वाचनमा केहि नसोचि रुख चिन्हमा ढुक्क भई मतदान गरी कांगे्रसलाई जिताउन आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन दाङ का सहसचिव वालाराम खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्