दंगाली जनताको स्वास्थ्य यसरी बर्बाद पारिरहेछ घोराही सिमेन्ट उद्योगले (भिडीयो सहित हेर्नुहोस_



नेपालको सविधान २०७२ मा लेखिएको छ,‘(१)प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । (२) वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।’तर यो सविधानको अंस र मौलिक हकको धाराले कुरीकुरी गरीरहेको छ दाङको घोराही-मुर्कुटी प्युठान सडक खण्डमा यात्रा गर्ने यात्रु र सो ठाउँमा बसोवास गर्ने जनतालाई ।
यहाँका जनतालाई नत यो अधिकार को बारेमानै थाहा छ । नत यसको विरुद्धमा कसैले आवाज उठाउँदा न्याय नै पाउँछन् ।

आखिर किन यस्तो अन्याय भईरहेको छ त ? यस क्षेत्रका जनतामाथी ? यो प्रश्न मनमा उठ्न सक्छ होला सायदैहरुको, र त यहाँका जनता कुईरीमन्नल धुलोले ग्रसीत पारेको क्षत्र छायाँभित्र  यात्रा गर्न विवश छन् । प्रत्येक सास सास र गाँस गाँसमा धुलोका भक्कनाहरु निलेर…. ।

दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ४ मा रहेको छ ,घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा उत्खनन क्षेत्र । सो चुनढुङ्गा ओसार्न दैनिक घोराही मुर्कटी सडक खण्डमा करिव दुईसय ट्रिप्परहरु संचालनमा रहेका छन् । त्यी ट्रिप्परहरुले उडाउने धुलोको छायाँमुनी बस्न वाध्य भएका छन् त्यस क्षेत्रका स्थानीय सयौं जनताहरु ।

करिव २ सय ट्रिपरहरु दैनीक ओहोर दोहोर गर्ने उक्त सडक खण्डमा घोराही मिसन्ट उद्योगले जनताको स्वाथ्यलाई कुनै ख्याल नगरेको घोराही मुर्कटी सडक खण्डका आसपासमा बसोवास गर्दै आएका जनताले गुनासो गरेका छन् ।

उनिहरुका अनुसार अहिले सडकमा पैदल ओहोर दोहोर गर्न निकै कठिन भएको छ । भने स्कुले वालवालीकाहरुलाई सो वाटो भएर हिड्न निकै सास्ती भएको छ । धुलोका कारण वनजंगल पुरै सेताम्य भएको छ । भने रुख विरुवाको पातसमेत देखिदैन । जसका कारण गाईवस्तुलाई घाँस खुवाउन समेत समस्या भएको छ ।

कम्पनीले उत्पन्न गरेको धुलो को समस्या हल गर्नुको साटो घोराही सिमेन्ट उद्योग मुकदर्शक भएर बसेको आरोप नागरीको छ । यता घोराही सिमेन्ट उद्योग ले भन्छ धुलो नियन्त्रण गर्न धुलो उत्पपन्न क्षेत्रमा पानी चारीरहेका छौ ।

घोराही मुर्कुटी सडक खण्डमा घोराही उपमहानगरपालिका र बंलगाचुली गाउँपालिका रहेको छ । जसमा बंगलाचुली गाउँपालिकाको कम क्षेत्रफल र घोराही उपमहाँनगरपालिका को धेरै क्षेत्रफल रहेको छ ।

यो सडक खण्डमा धुलो नियन्त्रणका लागि भन्दै घोराही सिमेन्ट उद्योगले मासिक लाखौँ खर्चेको बताएको छ । तर पानी चार्ने जिम्मा पाएका स्थानीय ठेकेदारहरुले धुलो उड्ने सडकमा नियमीत पानी नहाल्ने गरेको पनि स्थानीयहरुले आरोप लगाएका छन् ।

घोराही-मुर्कुटी सडकखण्डको धुलोमा हिँडदै गरेका स्कुले बालबालिका

एक स्थानीयले नाम नवताउने सर्तमा भन्नुहुन्छ,‘पानी चार्ने जिम्मा पाएका ठेकेदारहरुले धेरै फाईदा लिनका लागि धुलो उड्ने सकडमा पानीनै चार्दैनन् । बैशाख महिनाको शुख्खा याममा स्थानीस्यहरुले अहिले नत कपडा धोएर घाममा सुकाउन पाउँछन् नत घर भित्र खाना वनायर नै खाना खान सक्छन् ।

अनि नत गाई बस्तुले बन जंगलमा घासपात खाननै पाउँछन् । जहाँ गयो धुलै धुलोको धब्बाहरु ।’ नेपाली उखान छ,‘न निल्नु न ओकल्नु ।’ यस्तै भएको छ यहाँका जनताहरुको लागि घोराही सिमेन्ट उद्योग । स्थानीयहरु भन्छन्,‘उद्योग आयो भने गाउँठाउँको विकास होला भन्ने सोचेका थियौं तर त्यही उद्योगका कारण हाम्रो आयु नै छोटिदै गयो ।अब त हामी धेरै लामो आयु वाँच्ने आस पनि हराई सक्यो ।’

धुलो उत्पन्न गरेर जनतालाई सास्ती खेप्न बाध्य पार्ने घोराही सिमन्ट उद्योग हो भन्छन् स्थानीयहरु । उद्योगलाई धुलो नियन्त्र गर्नका लागि दवाद दिन सो सडक खण्डमा थुप्रै आन्दोलनहरु भए । थुपै्र सम्झौताहरु भए । तर त्यो पनि क्षेणीक पलको लागि मात्र भएको आभाष भएको छ जनतालाई । त्यो आन्दोलन र अनि त्यो सम्झौतले अहिले सम्म कुनै परिवर्तन गर्न नसकेको स्थानीय धुलोपीडित जनताको गुनासो छ ।

देशको संविधानको मौलीक हकको धारामा उल्लेख भए अनुसार स्वच्छ वातावरणमा बाँच पाउने आम नागरिकको हकको बारेमा स्पष्ट बुँदाहरु लेखेता पनि, नत त्यो कानुनले पीडकलाई छोएको छ नत पीडितलाई ।त्यो अधिकारको शब्द अनि कानुनी अंश केवल सविधानको पानामा मात्र सिमीत भएको छ घोराही मुर्कुटी सडक खण्डको आसपासमा बस्ने जनतालाई ।

घोराही मुर्कुटी प्युठान सकड खण्डमा धुलोका कारण प्रदुषित वातावरण ,यसरी उडाउँछन् घोराही सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने ट्रिपरहरुले धुलो !!

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्