आजको राशिफल



वि.सं. २०७५ साल वैशाख १५ गते। शनिबार। इश्वी सन् २०१८ अप्रिल २८ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– त्रयोदशी, ७:०३ बजेउप्रान्त चतुर्दशी।
                                                                                                                  उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusश्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerछोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। चिताएका काम सम्पादन हुनेछन्। मनग्गे धन आर्जन हुनेछ। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आलोचकहरू पनि व्यवहारले नजिकिन सक्छन्। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मिहिनेतले दिगो फाइदा दिलाउनेछ। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoइच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने आँटले काम बन्न सक्छ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ। तर, भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। समय दिन नसक्दा काम भने बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। साथीभाइको सहयोगले यात्रा हुनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornशुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसमस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesघुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। (नेपाली पात्रो)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्