नेपाल पुर्व प्रहरी संगठनको प्रदेश स्तरीय तदर्थ समिती गठन



दाङ, १५ बैशाख । नेपाल पुर्व प्रहरी संगठनको प्रदेश नम्वर ५ को तदर्थ समिती गठन गरीएको छ । दाङमा भएको भेललाले घणेन्द्रविक्रम पाण्डेको संयोजकत्वमा १३ सदस्यी समिती गठन गरीएको हो ।

समितीको उप संयोजकमा पुर्णवहादुर भण्डारी सदस्य सचिव होमवहादुर सेरचन रहेका छन् । समितीका सदस्यहरुमा मुक्तिराम शर्मा, रेशम श्रेष्ठ, नरेश डाँगी, निर्मला थापा, रेशमवहादुर खडका, हरीप्रसाद भट्टराइ, ओमप्रसाद श्रेष्ठ, ज्योतिप्रसाद श्रेष्ठ, रेशम राना र लालवहादुर सुनार रहेका छन् ।

भेला संगठनका केन्द्रीय उप महासचिव रोवर केसीको अध्यक्षतामा भएको थियो । भेलामा ५ नम्वर प्रदेशका १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेलाले संगठनको ५ नम्वर कार्यालय दाङमा राख्ने निर्णय गरेको छ । भेलाको सहजिकरण भुपेन्द्र सुवेदीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्