राष्ट्रिय जनमोर्चाको नगर सम्मेलन सम्पन्न



सैघाली खबर
दाङ , १५ वैशाख । राष्ट्रिय जनमोर्चा लमही नगर समितीको प्रथम नगर सम्मेलन सुन्डबरीमा शनिवार सम्पन्न भएको छ । नगर अध्यक्ष पदम गोराथोकीको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचीव गणेश आचार्य प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सम्मेलनले हरि थापाको अध्यक्षतामा १५ सदस्यीय नगर समिती निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा ताराप्रसाद खनाल, सचिबमा लेखराज आचार्य, सहसचिब बसन्ता पोख्रेल , कोषाध्यक्ष झबिन्द्र आचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरूमा मिना पोख्रेल, लोकेन्द्र परियार, पिताम्बर गोराथोकि मुमा जि सि, सीता पौडेल, तेज बहादुर दर्लामी, बिस्णु आचार्य ,डासिराम आचार्य, प्रेमा जि सि र चन्द्र प्रसाद चौधरी रहनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव बसन्तराज पौडेल सल्लाहकार दिलिपराज खनाल , अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ जिल्ला उपाध्यक्ष ताराप्रसाद खनाल, अखिल नेपाल शिक्षक संघ जिल्ला सचिब रुमाल बसेल ,अखिल छैटौं जिल्ला अध्यक्ष वसन्त आचार्य, अखिल नेपाल महिला संघ जिल्लासचिब पुर्णिमा आचार्य र जातीय समता समाज जिल्ला सल्लाहकार लोकेन्द्र परियार लगायतले सुभकामना दिनु भएको थियो । नगर उपाध्यक्ष कुलचन्द्र पोख्रेल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन ठाकुर भण्डारीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्