ओझेल पर्दै धार्मिक सम्पदा



सैघाली खबर दाङ,१६ बैशाख घोराही उपमहानगरपालिका,१९ स्थित गोरक्षरत्ननाथ मन्दिर सम्बन्धित पक्षको वेवास्ताका कारण ओझेलमा परेको छ । जिल्ला सदरमुकाम घोराही बजारको नजिकै रहे पनि मन्दिरको उचित व्यवस्थापन हुन सकेको छैन । गोरक्ष रत्ननाथको स्थापना विक्रम संवत ८०९ मा भएको विश्वास गरिन्छ ।

‘यो ऐतिहासिक सम्पदालाई हामीले यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बनाउन सकिन्छ,’ मन्दिरका महन्थ सुरतनाथ योगी भन्छन्, ‘अहिलेसम्म राज्यले यसको प्रचारप्रसार र भौतिक पूर्वाधारमा कुनै चासो दिएको छैन ।’ १२ सय वर्ष पहिले गोरखनाथ वावाको दिक्षा प्राप्त गरेर रतननाथ वाव यहीँ भुमिमा आएर बसेको मन्दिरका पिर जिनाथ योगी बताउँछन् ।

‘गोरक्षरत्ननाथ मन्दिरको ऐतिहासिक महत्व निकै धेरै छ, हामीले यसलाई पर्यटनको केन्द्र बनाउन सक्छौं,’ उनले भने । मन्दिरमा गोरखनाथ, रतननाथ मछिन्द्रनाथ र शिवजीको मुर्ति रहेको छ । मन्दिरमा धर्मशाला भए पनि बजेट अभावका कारण जीर्ण अवस्थामा छन् । ओझेलमा ऐतिहासिक सम्पदा अहिले दैनिक करिब एक सय जना पर्यटकहरु आउने गरेका छन् । प्रत्येक वर्ष पिर फेर्ने मेलामा भने हजारौं जना श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने गरेको योगीले जानकारी दिए ।

सो अवसरमा लोकतान्त्रिक विधिबाट पिर फेर्न गरिन्छ । पिर, पुजारी, भण्डारी र सिरानीको चयन पनि त्यहि अवसर मा गरिन्छ । ‘यहाँ निकै लोकतान्त्रिक तरि काबाट पिर फेरिन्छ, बहुमतको आधारमा पिर को नियुक्त गरिन्छ,’ महन्थ सुरतनाथ योगीले भने, ‘हामीले लोकतान्त्रिक परिपाटिको विकास उहिले देखि गर्दै आएका छौं ।’ मन्दिरमा अखण्ड धुवाँ रहेको छ ।

कहिले पनि त्यो धुवा निभ्न नदिइने योगीले जानकारी दिए । दिउसो तीन बजेबाट मन्दिरको पूजाका लागि जल ल्याउने काम गरिन्छ । साढे ४ बजेबाट र रतननाथ, गोरखनाथ र देवी भैर वको पूजा गरिन्छ । साढे ५ बजेपछि पुजा स्थगित हुन्छ । राति साढे ८ बजेबाट फेरी पुजा शुरु गरिने योगीले जानकारी दिए । केही समय पुजा स्थगित भए पछि राति १ बजे देखि साढे ३ बजे सम्म पुजाको काम शुरु हुने उनले जानकारी दिए ।

‘हामी पालैपालो गरेर २४ घण्टा पुजा र पुजाको तयारीको काम गर्छौ,’ योगीले भने, ‘यसको धार्मिक र ऐतिहासिक महत्वको वारेमा बुझाउन जरुरी छ ।’ १७ नं वडाका अध्यक्ष खुशिराम चौधर ीले गोरक्षरत्ननाथ मन्दिरको ऐतिहासिक महत्व धेरै भएकाले त्यसको संरक्षण तथा भौतिक पूर्वाधार निर्माणमा आँफूहरुले ध्यान दिने बताए । ‘यसलाई पर्यटन केन्द्र बनाउनको लागि हामीले विस्तृत अध्ययन गरेर नयाँ योजना बनाउँछौं,’ उनले भने, ‘चालु आर्थिक वर्षमा पुरानै बजेटबाट काम गर्नुपर्ने बाध्यताका कार ण ठोस योजना अघि बढाउन सकिएको छैन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्