आई.सी.टी. सम्बन्धि कन्फ्रेन्स सम्पन्न



दाङ १६ बैशाख । आई.सी.टी. सम्बन्धि कन्फ्रेन्स सम्पन्न दाङको घोराहीमा सम्पन्न भएको छ । क्यान महासंघ दाङको आयोजनामा घोराही स्थित राप्ती ईन्जिनीयरिङ कलेजमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुmले आर्थिक उन्नतिका लागि आई.सी.टी. महत्वपूर्ण भुमिका खेल्ने वताएका थिए । त्यस अबसरमा बोल्दै क्यान महासंघका केन्द्रिय सदस्य रेशम गिरीले नेपालमा सूचना प्रविधीको उल्लेखनीय विकास भएको वताउँनुभयो ।
प्रमुख अतिथी गिरीले क्यान महासंघ केन्द«,प्रदेश र स्थानिय सरकार संग मिलेर काम गर्ने वताउँनुभयो । ग्रामिण क्षेत्रमा सूचना प्रविधीको विकासका लागि आफुहरु लागेको बताउँदै स्थानिय स्तरमा संचार तथा प्रविधीको विकासका लागि महासंघ निरन्तर लाग्ने वताउँनुभयो । कार्यक्रममा नयाँ युगवोध दैनिकका नरेन्द्र केसी, कृष्ण वली, लगाएतले वोल्नु भएको थियो ।

क्यान महासघ दाङ शाखांले राष्ट्रिय सूचना संचार तथा प्रविधी दिवस विभिन्न कार्यक्रमकोे आयोजना गरी मनाउँन लागेको हो । १३ गते देखि सुरु भएको संप्ताहव्यापी कार्यक्रम अन्तरगत भोली १७ गते रक्तदान, १८ गते घोराही स्थित वृद्धाश्रममा फलफुल वितरण,१९ गते प्रभातफेरी गर्न लागेको केन्द्रिय सदस्य गिरीले जानकारी दिनुभयो । कार्यक्रम जिल्ला शाखा दाङका अध्यक्ष भिमसेन गरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्