खेलका माध्यामबाट तुलसीपुरलाई चिनाउछौं – पाण्डे



सैघाली खबर,
तुलसीपुर,१७ बैशाख ।

स्वास्थ्यका लागी खेलकुद राष्टका लागी खेलकुद भन्ने नाराका साथ तुलसीपुर वडा नं. २ को आयोजनामा प्रथम वडा स्तरिय खेलकुद प्रतियोगिता आईतबारदेखी शुरु भएको छ ।

वडा अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिएको हो । त्यस अबशरमा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरलाई खेलको माध्यमबाट परिचित बनाउने अभियानमा आफुहरु लागेको बताएका छन् । मानसीक, सारीरीक र बौद्धिकताका हिसावले १९ वटै वडामा खेलकुदको आयोजना गरी नगरलाई खेलको माध्यमबाट चिनाउने बताएका हुन् ।

सो अवसरमा पुर्व नगरप्रमुख शंकरप्रसाद आचार्य,तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली,नगर शिक्षा समितिका संयोजक देवराज विश्वकर्मा,मावि बालापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर वली लगाएतले बोलेका थिए । खेल संयोजक राजकुमार केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सन्चारकर्मी समुन वलीले गरेका थिए । प्रतियोगिता मंगलवार सम्म सन्चालन हुने आयोजकले बताएको छ । यसैविच आज भएको उद्घाटन खेलमा भलिवल तर्फ एकता टोल विकास संस्था घोरबन्डा र मनिकापुर टोल विकास संस्था विजयी भएका छन ।

 

((

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्