प्रधानमन्त्रीले संसदलाई सम्बोधन गरिरहँदा मज्जाले निदाउने यी सांसदहरुबाट के आशा गर्ने ?



विकाश पराजुली

सैघाली खबर/  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै पहिलो पटक सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा हुने बताए ।

५ नम्बर प्रदेशसभालाई सम्बोधन गर्दै प्रम ओली

ओलीले अबको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा लगाउनुपर्ने भाषण गरिरँहदा देश बनाउछु भन्ने सांसद भने संसदमै मस्त निन्द्रामा थिए । नेताहरु संसदमा निदाउने नौलो दृश्य नभएपनि देश बनाउने कसम खाएका नेताहरु संसदमा निदाउदा जनताले के अपेक्षा गर्ने ? यो भने प्रश्न उठेको छ ।

आम नागरिकहरुले भोट हालेर जिताएर संसदमा सुत्न पठाएको होइन भन्दै धेरै पटक आलोचना हुने गरेको छ तर यी संसदहरुको घैंटोमा भने अझै घाम लागेन ।

देश बनाउने कुनै गम्भीरता नदेखिएका सांसदहरु भत्ता पचाएर समय बिताई रहेको यो दृश्यले देश कतातिर जाँदैछ भन्ने कुराले आम नागरिक सामु गम्भीर प्रश्न उब्जाएको छ । प्रधानमन्त्री ओलीले भने मावन अिधकार लोकतन्त्र र विधिको शासनका लागि आधा शताब्दी संघर्ष गरेको आफूले प्रदेश सभामा उपस्थित भएर सम्बोधन गर्न पाउँदा खुसी भएको बताए ।

ओलीले सम्बोधन गरिरहँदा मस्तसित निदाइरहेका साँसद

उनले लोकतन्त्रको स्थापनाकालागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै देशलाई समृद्ध बनाउन कुनै कुरामा नअल्झिन आग्रह गरे ।

सरकार शासन गर्न मात्रै नभइ जनताको सेवामा गठन भएको बताउँदै प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता र घुसखोरीविरुद्ध नागरिकको रक्षक भएर उभिन अपिल समेत गरे ।

ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने पनि बताएका छन् । ‘केही समूहको फाइदाकालागि हुने सिण्डिकेट, कार्टेलिङ, घुसखोरी र धम्काउदै बन्द हडताल गर्ने गतिविधिलाई निस्तेज पार्न तीनवटै सरकार लाग्नुपर्छ’ उनले भने । तर जेसुकै बताए पनि सुतुवा सांसदहरुलाई भने कुनै अर्थ नभएको यी तस्बिरहरुले देखाउछन ।postpati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्