सरकारले श्रमिकको न्यूनतम ज्याला बढाउने ।।



सैघाली खबर/काठमामाण्डौँ, १८ बैशाख।
सरकारले श्रमिकको न्यूनतम ज्याला बढाउने योजना बनाएको बताएको छ । अन्तर्रा्ष्ट्रिय मजदूर दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्या्दित कामको सुनिश्चितता कायम गर्न न्यूनतम ज्याला बढाउने योजना बनाएको बताउनुभएको हो ।

उहाँले श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हरेक वर्ष मे १ को दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका आधारभूत हक अधिकारको स्मरण गराउँदै आएको पनि उल्लेख गर्नुभएको छ ।

यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले श्रमिकका अधिकारको रक्षा र कार्यान्वयनको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शुभकामना सन्देशमा उहाँले श्रमलाई मर्या्दित बनाउँदै आन्तरिक रोजगारीका अवसरलाई व्यापक रुपमा सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्या्दित गर्ने, बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षाको उचित समन्वय र प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गरिने दाबी गर्नुभएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्