१२९ औं श्रम दिवस, खै ज्याला र सुरक्षा ?



 

गिरिराज नेपाली
दाङ , १७ वैशाख । दिनभरी मरिमेटी सिमेन्टीका बोरा, सरिया बोक्ने हो, भित्ता–भित्तामा झुण्डीएर अरुका घर बनाउने हो । दुःख गरे अनुसार न ज्याला छ, न काम गर्दा सुरक्षा पाउछांै । जे भए पनि मजबुरीले मजदुरी गर्नु नै प¥यो । अरु उपाय के छ नै र मजबुरीले मजदुरीको वाटो डो¥याए जे जस्तो भए पनि काम गर्ने प¥यो घोराही उपमहानगरपालिका– ७ का शरद विकले बताउनुभयो ।

श्रमको मुल्य र श्रममा सुरक्षा नपाउदा श्रमिकहरु न्युन मुल्य र असुरक्षित रुपमा श्रममा जोतिरहनु परेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो – ‘ दिनभरी सिमेन्टका बोरा बोक्यो महिनाको १२÷१४ हजार , कसोे गरी दुर्घटनामा प¥यो भने न औषधी उचारको व्यवस्था छ, न क्षतिपूर्ति पाउछांै । ’ जसले गर्दा श्रमिककोे श्रम कष्टकर बनिरहेको छ । उहाँले श्रमिकहरुलाई राज्यले हेर्न नसक्दा आफुहरुले यस्तो श्रमको कष्टकरता संगै जोखिम पनि मोल्नु परीरहेका उहाँले बताउनुभयो । श्रमिकहरुको श्रम र सुरक्षा प्रति राज्य मौन रहदा श्रमिकहरुले श्रमको मुल्य र श्रममा सुरक्षा पाउन सकेको छैनन । जसले गर्दा श्रमिकको श्रम श्रममा मात्रै सिमिति भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘ राज्यले श्रममो उच्च मुल्याङकन र सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ । ’ घर बनाउदा बनाउदै छत वाट खसेर धेरैको मजदुरहरुको मृत्यु भइसकेको उदाहरण धेरै छन । तर उनीहरु परिवारलाई कसैले क्षतिपूर्ति दिएको छैनन । वालवच्चाहरुको विचल्ली छ । राज्यले त्यसको व्यवस्था गर्नुपर्छ वा पर्दैन उहाँले प्रश्न गर्नुभयो । सधै श्रममै जोतिने मजदुरहरु सुःखको सास तँ कहिले फेर्न तँ पाउदैनौ , न्याय पनि कहिले नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ श्रममको उचित मुल्य, अनिवार्य स्वास्थ्य विमा ,अङगभङग भए औषधी उपचार वा क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ । ’ जसले गर्दा श्रमिक र श्रमिकमा आश्रित परिवाहरु सुरक्षित र सक्षम बन्न सक्ने छन ।
रासन , घरघडेरी , लत्ताकपडा र केटाकेटीहरुको स्कूल शुल्क वढेको छ । तर हामीले काम गर्ने ढुङगा माटोको काम गर्ने मजदुरको श्रमको मुल्य कहिले वढ्दै घोराही उपमहानगरपालिका १२ हापुरका शिवराज राणाले बताउनुभयो । दिनैपिच्छे मुल्यवृद्धि भइरहेको छ । तर श्रमिकहरुको श्रममको मुल्य उहि परम्परागत जस्तै छ । न्युन मुल्यमा श्रम गर्न वाध्य हुनुपरेका उहाँको भनाई छ ।


उहाँले भन्नुभयो – ‘काम सिक्दा पनि पाँच सय रुपैयाँ दैनिक कमाइ हुन्थ्यो । अहिले ६÷७सय कमाई हुन्छ । त्यो कमाईले खानलाउनै पुग्दैन के गरी वालवच्चा पढाउने । महगीले आकाश छोएको छ । ’ जसले श्रमिकहरु मारमा रहेको उहाँको भनाई छ । सिमेन्टको धुलोले छाती दुख्छ । मालिकले औषधी गर्र्दैनन । आफुले कमाएको बच्दैन । निशुल्क औषधी मिल्दैन के गर्ने जस्तो छ त्यस्तै चलिरहेको मजदुरीको दैनिकी जीवन चलिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्