प्रबिधीसंग जानी नजानी नजिक छौ – मेयर चौधरी



सैघाली खबर

दाङ,१९ बैशाख । सूचना तथा प्रविधीको विस्तार सुशासन र समृद्धिको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना तथा संचार प्रबिधी दिवस दाङमा मनाईएको छ । दिवसको अबसरमा क्यान महासंघ दाङ शाखाले घोराहीमा प्रभातफेरीको आयोजना गरेको थियो । घोराही स्थित सहिदमार्ग बाट सुरु भएको ¥यालीले बजारको विभिन्न भागको परिक्रममा गरी पत्रकार महासंघ दाङको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले हरेक नागरिक जानी –नजानी प्रविधीसंग नजिक भएको वताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका मेयर चौधरीले अहिलेको पढाई सैद्धान्तिक मात्र भएको वताउँदै प्राविधिक शिक्षा नै अहिले मुख्य आबश्यकता भएको वताउँनुभयो ।


सूचना प्रविधीले मात्र देश विकासमा सहयोग पुग्ने वताउँदै २१ औ सताब्दीका सबै नागरिक प्रविधी भन्दा धेरै पछाडी रहेको वताउँनुभयो । युग परिर्वतनका लागि प्रादेशिक शिक्षाको आबश्यकता भएको वताउँदै समय अनुसार सबै परिर्वतन हुन आबश्यक रहेको वताउँनुभयो । कार्यक्रममा बोल्दै क्यान महासंघका केन्द्रिय सदस्य रेशम गिरीले राष्ट्रिय सूचना तथा संचार प्रबिधी दिवस सरकारले मनाउँन सुरु गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।


कार्यक्रम क्यान महासंघका ५ नं. प्रदेश सचिव कृष्ण वली, पत्रका महासंघ दाङका अध्यक्ष सविन प्रियासन, लगाएतले शुभ–कामना व्यक्त गर्नु भएको थियो । क्यान महासंघ दाङका उपाध्यक्ष कर्णबहादुर पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सचालन मोहन ओलीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्