असहाय बालबिकासलाई फ्रिज



सैघाली खबर ,

तुलसीपुर १९ बैशाख ।

तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल बिकास नेपाल दाङलाई फ्रिज उपलब्ध गराईएको छ । छोरा प्राम्सु केसीको जन्मदिनको अबसरमा तुलसीपुर निबासी प्रबिन केसीले असहाय बालबालिकाका लागि फ्रिज उपलब्ध उपलब्ध गराएका हुन् । हाल अमेरिका रहेका केसीले छोराको मंगलबार परेको जन्मदिनको अबशरमा करिब ३० हजार रुपैयाँ बराबरको फ्रिज उपलब्ध गराएका हुन् । संस्थाका कोषाध्यक्ष सीमा वलीलाई उक्त फ्रिज हस्तान्तरण गरिएको हो । जन्मदिन मनाउने शैली परिबर्तन गर्न आफुले सामाजिक काममा रकम खर्चेको केसीले बताए । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा असहायलाई सहयोग गर्ने हो भने असहाय बालबालिकाको भबिष्य उज्ज्वल बन्न सक्ने भन्दै सबैले जन्मदिनमा यस्तै कार्य गर्नुपर्ने उनले बताए ।‘जन्मदिनमा फजुल गर्न गरेर अनाबश्यक खर्च गर्ने गरिएको छ’ उनले भने‘ तर जन्मदिनमा फजुल खर्च नगरी यस्तै असहायलाई सहयोग गरे उनीहरुको भबिष्य उज्ज्वल हुन्छ ।’ अब जन्मदिन मनाउने नयाँ शैली अपनाउनुपर्ने बताए ।

जन्मदिनमा सामाजिक कार्यको थालनी गर्नुपर्ने संस्थाका अध्यक्ष बिष्णु चौधरीले बताए । अब पनि पुरानो शैलीबाट अनाबश्यक फजुल खर्च गर्ने नभई फजुल खर्चलाई सामाजिक काममा लगाउनु पर्ने बताए । साथै सहयोग गर्ने केसी परिवारलाई धन्यवाद दिदै छोरा प्राम्सुकेसीको जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए । समाजिक कार्यमा यस्तै हातेमालो नहुदा सम्म समृद्ध नेपालको कल्पना गर्न नसकिने अध्यक्ष चौधरीको भनाई थियो । असहाय बाल बिकास नेपाल बिजौरी दाङमा अहिले २० जना असहाय बालबालिका बस्दै आएका छन् । अभिभाबक बिहिन बनेका बालबालिकाहरुलाई त्यहाँ राखेर पठनपाठन गराउदै आईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्