प्रभावकारी भएन कामकाजको भाषा



लेखनमा चुनौती

प्राथामिकतामा कमी

गिरिराज नेपाली

 दाङ , १९ वैशाख । घोराही उपमहानगरपालिका भित्र ३८ प्रतिशत थारुजातीहरुको बसोबास छ । जनसख्या बाहुल्यताका आधारमा सरकारी कामकाजका लागि स्थानीय भाषाको प्रयोग सकिने व्यवस्था अनुरुप घोराही उपमहानगरपालिकाको प्रथम नगरसभाले थारुभाषालाई सरकारी कामकाजको भाषाका रुपमा २०७४ माघ १ गते लागु गरे पनि खासै प्रभावकारी बन्न सकेको छैन ।  भाषा लेखनमा  समस्या ,भाषा प्रतिको चाँसो नहुनु  र सरकारी कामकाजको भाषा वारे थारु समुदाय नै  जानकार बन्न नसक्दा घोराही उपमहानगरपालिकाले लागु  गरेको सरकारी कामकाजको थारुभाषा प्रयोगमा आउन नसकेको छैन । 

घोराही उपमहानगरपालिका – १७ का नगेन्द्र चौधरीले थारुभाषा बोल्न जाने पनि लेख्न नसक्दा प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो । भाषा बोल्न सके पनि लेख्न नसक्दा यस्तो समस्या देखिएको  उहाँको भनाई छ ।  उहाँले भन्नुभयो – ‘थारुभाषा सरकारी कामको भाषा मात्रै होईन , थारुभाषाको पठनपाठन पनि शुरु हुनुपर्छ । ’ तव मात्रै थारु भाषा सरकारी कामका लागि प्रयोगमा आउन सक्ने उहाँले  बताउुभयो ।

उपमहानगरपालिकाले थारुभाषामा सरकारी कामकाजका लागि लागु गरे पनि अधिकाश थारु समुदाय यसवारे जानकार नहुदा पनि थारुभाषाको सेवा प्रभावकारी बन्न नसकेको  बताउनुभयो । उहाँले भन्नुभयो – ‘यस बारे थारु समुदाय नै अनविज्ञ छन , कसरी पुग्छ सेवा ? जसका लागि आम थारु समुदायलाई थारुभाषाको चलनचल्तीका बारेमा जानकार बनाउन पनि आवश्यक रहेको  उहाँको भनाई छ ।

कार्यालयसंग थारुभाषा  जान्ने व्यक्तिको नहुदा यो समस्या देखिएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो – ‘ काम गर्ने कर्मचारी अधिकाश नेपाली बोल्ने , थारुभाषा नबुझ्ने हुन्छन त्यसले पनि समस्या पारेको छ । ’  थारु समुदायको सेवामा सहज पहुँच, अग्रसर र उत्साहित गर्ने उद्देश्यले  थारुभाषालाई कामकाजको भाषा बनाए पनि थारु समुदायकै त्यसप्रतिको चाँसो नहुदा थारुभाषाको  सेवा ओझेलमा परेका घोराही उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष खोपीराम चौधरीले बताउनुभयो ।

भाषाप्रतिको चाँसो थारुमा नहुदा यस्तो समस्या देखिएको उहाँले बताउनभयो ।  जसका कारण  थारुभाषाको सेवा अन्यौलमा परेको उहाँको भनाई छ ।  थारुजातीहरु भाषा बोल्न जाने पनि लेख्न नसक्दा यस्तो समस्या देखिएको  पनि भनाई छ । जसका कारण लेखन सम्पादनकै चुनौतीका कारण कामकाजको भाषा प्रभावकारी बन्न नसकेका उहाँको भनाई छ ।   सरकारी कामकाजको  थारुभाषालाई प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले थारु समुदाय आफैले थारु भाषाको प्रयोग गर्न नसक्दा थारुभाषाको कामकाजीको सेवा प्रभावकारी बनाउन नसकिएको बताउनुभयो । अन्य क्षेत्र भन्दा घोराही उपमहानगरपालिका क्षेत्रमा थारुजातीको बसोबास बढि, नेपाली भाषा बोल्न नसक्ने व्यक्तिहरुका सहजताका लागि यो भाषा लागु गरिएको हो । तर थारु जातीलेहरुले नै प्रयोगमा ल्याउन नसक्दा सेवा प्रभावकारी बन्न नसकेको उहाँको भनाई छ ।

घोराही उपमहानगरपालिका प्रमुख अनुसार लागु गरिएको चार महिनामा जम्मा १÷२ वटा मात्रै निवेदन  परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘थारु भाषामा निवदेन आउदैनन्  गर्छाैं मात्रै भनेर के गर्ने ? ’जसका कारण थारुभाषाको कामकाजको सेवा  प्रभावकारी बन्न नसकेको उहाँको भनाई छ ।थारुभाषाको लेखनीको ज्ञान थारु जातीमा हुन नसक्दा यस्तो समस्या देखिएको  उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘थारुहरु भाषा बोल्न जाने पनि लेख्न जान्दैनन् । ’ यही समस्याका कारण कामकाजमा समेत अप्ठ्यारो परेको छ ।

थारुभाषालाई कामकाजीको भाषा प्रभावकारी रुपमा बनाउन  ७५ प्रतिशत थारु वालवालिकाहरु रहेको विद्यालयमा थारुभाषाको अध्ययन अध्यापन हुन जरुरी छ । जसल गर्दा पढ्न र  लेख्न सक्ने क्षमताको विकास गर्न सक्छ तब मात्रै  थारुभाषाको कामकाज नियमित प्रभावकारीका साथ सञ्चालन गर्न सकिन्छ ।  पढलेख गरेका थारु समुदायका अगुवाहरुले पनि थारुभाषाको प्रयोग शुद्धतामा ख्याल नपु¥याउदा यस्तो समस्या देखिएको उहाँको भनाई छ ।  दाङमा अन्यजातीहरु थारु भाषा बोलचाल गर्न सक्छन । तर तिनिहरुले थारु भाषामै शुद्ध लेख्न जान्दैनन  जसका लागि  थारुभाषाको अध्यापन जरुरी रहेका उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘ थारुभाषा बोल्ने रलेख्न सक्ने सवैजातीहरु यसको प्रयोग गर्न सकिन्छ । ’ तर थारुहरुले यसको प्रयोग गर्ने सोचको विकासले सेवा प्रभावकारी बन्न नसकेको उहाँले बताउनुभयो ।  थारुले मात्रै होईन अरु जातिहरुले पनि यसको प्रयोग गरी भाषा संरक्षण र विकास गर्न सघाउ पु¥याउन सकिने छ । चौधरीका अनुसार थारुभाषाका उपमहानगरपालिकाले २ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो । थारुभाषाको कामकाजका लागि सञ्चार माध्यमहरु वाट विज्ञापन प्रकाशन प्रसारण , शव्दकोष  खरिद , जनशक्ति व्यवस्थापन आदीका लागि उक्त रकम खर्च हुने समेत उहाँले  जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्