संघीय संसदका नवनियुक्त सचिवको शपथ



काठमाडौं, १९ बैशाख । संघीय संसदका नवनियुक्त दुई सचिवलाई आज (बुधबार) पद तथा गोपनियताको शपथ खुवाइएको छ ।
संसद सचिवालय सिंहदरबारमा आज एक समारोहको आयोजना गरी प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगी र राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई पद तथा गोपनियताको शपथ खुवाइएको हो ।


सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको सचिवमा नियुक्त गोपालनाथ योगीलाई शपथ खुवाउनुभएको थियो भने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको सचिवमा नियुक्त राजेन्द्र फुँयाललाई शपथ खुवाउनुभएको थियो ।
संविधानको धारा १०६ बमोजिम योगीलाई सभामुखको सिफारिसमा र फुँयाललाई राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले क्रमशः प्रतिनिधि सभा र राष्ट्रिय सभाको सचिवमा नियुक्त गर्नुभएको थियो ।

शपथ ग्रहण समारोहमा सभामुख र अध्यक्षका साथै उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सत्ता पक्ष तथा विपक्षी दलका प्रमुख सचेतकहरु, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच नवनियुक्त सचिवद्वय गोपालनाथ योगी र राजेन्द्र फुँयालले आजै कार्यभार सम्हाल्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्