दाङ ११ असार
नेपाली काग्रेसले तुलसीपुरमा चुनावी रयाली गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर उमेदवार गेहेन्द्र गिरी र उपमेयर पदका उम्मेदवार देवीका नेपालीले सवै मतदाताको घरघर,पसल पसल र चौक र सडक गल्लीमा मतदाताहरुसग भेट गरि रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो । ठुलो संख्या लामबद्ध भएका नेता कार्यकताहरले काग्रेसको झण्डा हातमा लिई मेयर पदका उमेदवार गिरी,उपमेयर पदका उमेदवार नेपाली र वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरले १४ गतेको निर्वाचनमा तोकिएको मतदान केन्द्रमा जान आग्रह गर्दै मतदान आफ्नो पार्टी अर्थात नेपाली काग्रेसमा आग्रह गरेका प्रचार प्रसार समितीका फोकल पर्सन सुरेन्द्र खडकाले जानकारी दिनुभयो । उमेदवार आएर भोट माग्दा उनीहरु निकै उत्साही भएका थिए ।
रयालीमा नेपाली काग्रेसका केन्द्रीय सदस्य एबम पूर्ब मन्त्री दीपक गिरी,सांसद बुद्धिराम भण्डारी,जिल्ला तहका नेता,भातृ संघसगठन,शुभेच्छुक संघ संगठनको सहभागिता रहेको तुलसीपुर उपमहानगरपालीका वडा नम्वर ५ का लागि नेपाली काग्रेसको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिनुभएका सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।