अस्पतालका नि.प्र.मेसु डा जनार्दनको दोस्रो वर्थडे



गोविन्द खड्का
घोराही २२ बैशाख।
राप्ती उपक्षेत्रीय अस्पतालका निप्रमेसु डा जनार्दन पन्थी बहाल गरेको बैशाख सात गते ठिक दुई वर्ष पुगेको रहेछ । हालसम्म कार्यरत कार्यालय प्रमुखहरुको चार्ट हेर्दा पो थाह भयोे ।

राप्ती उपक्षेत्रीय अस्पतालका ३३ औं प्रमुख डा पन्थीको दुई वर्ष पुगेको दिनै खाली कुर्सि भेटायौ“ ।
आकस्मिक गर्नुपर्ने भएकाले अनुगमन अगावै खबर दिन सकिदैन्थ्यो । घोराही १४ र खानेपानी सरसफाइ तथा स्वच्छता पत्रकार मन्च (वासफोरम) ले अस्पतालको खानेपानी तथा सरसफाइको अबस्था अनुगमन ग¥यो । शुरुमा कार्यालयमै गयौ । त्यहा“ कोठा बढार्दै बाहिर लगेर खुला फाल्ने गरेको भेटियो । पहिलो गा“समै ढुंगा लागेको जस्तो मुखै विगोर्ने गरी मन अमिलीयोे ।
त्यो दृश्यले प्रशासन तर्फ प्रमुखको जिम्मेवारी सम्हालेका शाखा अधिकृत खड्गबहादुर घर्तिमगर लज्जीत हुनुभयो । यसमा ध्यान नपुगेको अधिकृत घर्तिको प्रतिकृया थियो । अझै पनि उपक्षेत्रीय अस्पतालमा कार्यरत कर्मचारीले प्लाष्टिक जन्य फोहरलाई महत्व दिएका रहेनछन् भन्ने सन्देश दिन्थ्यो ।
त्यसपछि हामि नया“ बिल्डीङ तर्फ लाग्यौ । गेट अगाडि पुग्दा साउनेमुल सरी बुलबुल गर्दै पानी जागेको भेटियो । त्यसरी जमिन मुनि बाट यो सुख्खा मौसमामा कसरी मुल फुट्यो भन्ने खुल्दुली लाग्यो । गन्धले नजिक जानै सकिएन । त्यो त सेफ्टी ट्यांकी फुटेर निश्केको दिसा पिसाव जन्य फोहर रहेछ ।

त्यो लेदो गेट नजिक थियो, गन्ध भित्र पसेर परीक्षण नमुना संकलन कक्षमा पुग्दो होला ।
त्यो गन्ध नमुना संकलनका कर्मचारी एवं चिकित्सकलाई पत्तै छैन । त्यो भन्दा कडा गन्ध आफ्नै अगाडिको शौचालयमा छ । दिसा पिसावको नमुना ल्याउनेहरुको भिडले छोडेको गन्धले अन्तबाट आकोलाई जित्छ । नाक थुनेरै बस्नेगरीको निकै कडा मलमुत्रको गन्ध आउदै थियो । राप्ती पोष्ट दैनिकका प्रकाशक संपादक शरद अधिकारीले ‘तपाईहरुलाई गन्ध आउदैन ?’ भनेर सोध्नुभयो, ‘बानी परिसक्यौ, थाहै हु“दैन’ भनेर उहा“हरुले हास्दै जवाफ दिनुभयो ।
सुत्केरीवार्डमा भित्र पस्ने गेट अगाडि पानी तालपरेको थियो । सामान्य खोस्रेपछि फुटेको पाईपको पानी व्यवस्थित हुन्थ्यो । त्यसमा कसैको ध्यान पुगेको देखिएन । चिकित्सक, डाक्टर, कुरुवा जसले पनि पानी ढल्काउन सक्थ्यो । विडम्बना कसैले आफ्नो जिम्मेवारी ठानेन । जहा“ मेसु हुनैपर्ने काम छैन ।

त्यो पानीका कारण सुत्केरीहरु फड्केर नाघ्न सक्दैनथे । बरु, त्यहि ठाउ“मा दाल भात देखि हरेक फोहर बग्ने ढलको सानो प्वाल खुला रहेछ बुझ्दा राम्रो हुन्थ्यो । भित्र सुत्केरी पठाएर प्रतिक्षा गर्ने स्थलमा त्यो फोहर रहनु मानव श्वाथ्यका लागि लाभ हु“दैन ।
भर्नाभएका विरामीको लागि पकाएको खाना त देख्न पाएनौ पकाउने मान्छे भने झट्टै रोगिहुन्छन भन्ने लाग्योे । धुवा बाहिर जानै नपाउने भित्रै रुमुल्लीने छाप्रामा दाउरा बालेर पकाईदो रहेछ । गाउ“ गाउ“मा धुवा“ मुक्त सुधारिएको चुलोको अभियान चलेको छ अस्पतालमा भने पुत्यौल पारेर रा“किदै खाना पकाउनुपर्छ ।

यो देशमा जिम्मेवार नागरीक को कसरी बन्ने ? डाक्टरकै अगाडि त्यस्तो चुलोले निकै पिडा महशुस भयो । डाक्टरले वा चिकित्सकले टा“गाले जस्तो पैसा र विरामी मात्रै हेर्ने हो कि सवै वातावरण मिलाउने ? प्रश्न जाग्यो । यो काम पनि मेसुको मात्रै होईन । सबै सचेत व्यक्ति को हो । झन् अस्पतालमा स्वाथ्यको ख्याल बढि हुनुपर्छ ।

डाक्टर तथा चिकित्सक दगुर्दै अस्पताल जाने हतार हतार फर्केर किल्नीक धाउनु नै खराबीको कारक हुनुपर्छ । केहि कर्मचारीलाई खाना कता पकाउछन भन्ने सम्म थाहै रहेनछ । अस्पताल क्षेत्र फोहरले डाक्टर र चिकित्सकको ईज्जत जोगिदैन । त्यहा“का तल्ला कर्मचारीलाई अस्पतालकै फोहरले रोगी बनायो भने त्यो भन्दा लाजमर्दो अरु हुदैन । भान्सामा भेटिएका सिन्कु चौधरीको परिवार त्यो धुवाभित्र कति दिन स्वस्थ हुन्छन् ।

भण्डारण गरिएको खानेकुरामा अरअरको दाल, आलु र मोटो चामल भेटायौ । केहि अण्डा पनि थिए । एउटा गतिलो भान्साका लागि आवश्यक पुर्वाधार देखिएन ।

केहि बर्ष अगाडि अस्पतालका एकजना लेखापालले विरामीको खाना, भान्सा हेर्न आग्रह गर्नुभएको थियो । विरामीलाई सोधेर अबस्था बुझ्न सल्लाह दिनुभएको थियो । अहिले बल्ल ति लेखाले दिएको सुचनाको अर्थ थाह पाए“ ।
प्रमुखको कार्यकक्षामा पानी भेटिएन । घोराही १४ का वडा अध्यक्ष शक्तिराम डागिले बोतलको पानी किनेर अनुगमन टोलिलाई खुवाउनुभयो । शौचालयमा पनि पानी थिएन । सावुन अस्पतालभरी कहिं कतै भेटिएन । नया भवनका पुरुष शौचालको अबस्था बिजोग देखिन्थयो । स्विपरले काम गर्देन भने कार्वाहि गरौ किन लापर्वाहि ? दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालले अस्पतालका कर्मचारीलाई ¥याक ¥याक्ती पार्नुभयो ।

सरसफाइमा हजुरहरुलाई विज्ञ बनाएर लैजाने हो । यस्तो छ कसरी लैजाने तपाईहरुको अबस्था यो छ अन्त के हालत होला ? मेयर नरुलाल चौधरीले सोध्नुभयो । लुकाउ भन्दा पनि लुकाउने ठाउ“ नहुने अस्पताल क्षेत्र हो । विरामी सुत्ने बेड छैन । च्यातिएर, खुईलिएर, भित्रको फम निश्केर कवाड जस्तो देखिन्छ ।

मेयर चौधरीले यसरी व्याख्या गर्दा पनि जवाफ दिने निकाए थिएन । बेड छैन भने त्यो दिन सकिने मेयर चौधरीले बताउनुभयो । आवश्यक चिज माग्न आग्रह गर्नुभयो । यसको जवाफ निमित्तको पनि निमित्त बन्ने जिम्मेवारी आईलागेपछि समहाल्नुभएका डाक्टर प्रताप पोख्रेल संग थिएन । सायद मेसु फर्किएपछि सुनाउनुभयो होला ।

पुरानो भवनका शौचालय पनि कहिल्यै सफा हुन्नथे । त्यसदिन केहि विद्यालयका भन्दा सफा सुग्घर भेटिए । ह्रवास्सै गन्ध आउने, जथाभावि फोहर बस्तु छितरीएका हुन्थे । त्यसतो ठाउमा आमुल परिवर्तन भएको देख्न पाउ“दा अनुगमन टोलि खुशि भयो । मलाई लाग्यो यति सफा शौचाल दिनभरी हुन्छन् भने, कुरुवाले पनि आफ्नो घरमा सफा राख्ने छ । अनि भन्ने छ सफा शौचालय भएर डाक्टर बनेका हुन् । हामिलाई सन्चो गराउछन् ।

म पनि निरोगी हुन शौचालय सफा गर्छु । नत्र, डाक्टरका त कति घिनलाग्दा हुन्छन हाम्रा चर्पी कस्ता होलान भनेर व्यवास्ता गर्ने छन् । हामि फेरी फोहरका डंगुरमा रमाउन सुगुरको जुनीमा फर्किने छौ । केहि महिना अघि डाक्टरका क्वार्टरहरुको हालत त्यहि थियो । अस्पताल टोलविका संस्थका अध्यक्ष चित्रकान्त आचार्य आजित भएको सुनाउनुहुन्थ्यो । परिसर सफ ागर्न अभियान थाल्नुहुन्थ्यो ।

भर्खर पद बहाली भएको थियो, दुई वर्ष अघि डा पन्थी संग सरसफाइको विषयमा कुरा गर्न पुगेको थिए“ । नजिकै रहेको माउन्टभ्यु वोडिङ स्कुलका शिक्षक सर्जन गौतमले विद्यालयमा अस्पतालले फोहर बनाएको सिकायत गर्नुभएको थियो । उसबेला विद्यालय नजिकै अस्पताल जन्य फोहर खत्याईन्थ्यो । निश्चित समयमा आगो लगाएर नष्ट पारीन्थ्यो । त्यो प्लाष्टिकजन्य दुर्गन्धीत धुवा“ विद्यालयका कक्षा कोठामा पुग्थ्यो । कयान्सरले चिनीने प्लाष्टिकको धुवाले बालवालिकाको स्वाथ्यमा प्रत्यक्ष असर गर्दथ्यो । त्यसबेला डा पन्थीले मेरो पहिलो काम फोहर व्यवस्थापन भनेर घोषाणा गर्नुभयो ।

यति समय भित्र भनेर म्याद तोक्न चाहानुभएन । मलाई भित्र भित्रै काम गर्नुहुन्न कि के हो भन्ने संका लाग्यो, उता काल्नामा व्यवस्थापन गर्न असंभव ढाङ थियो । त्यहा“ प्लाष्टिक औषधिका वोतल, पत्ता, सलाईन, प्लाष्टिक, गज लगाएत हरेक चिज जल्थे । यसपटक यसो पछाडितिर हर्न गएको त पत्याउनै नसकिने गरी फेरिएको रहेछ । डा पन्थी प्रति आत्मैदेखि आभार प्रकट गर्न मन लाग्यो ।
अस्पताल भित्र पनि तिखा धारीला, गल्ने नगल्ने फोहर छुट्याउन बाल्टी राख्ने निति पनि पन्थीकै पालामा आएको हो । फाल्नेहरुले भने एकै ठाउ“ मिसाउछन् । संक्रमित फोहरलाई अटो क्लोप मार्फत निमुर्लीकरण गर्ने प्रविधि आको छ । केहि समय त्यो प्रविधि चलेको थियो । अहिले के भएछ कुन्नी चौरमा छिटुवामा राखेका संक्रमित, गल्ने नगल्ने फोहरहरु भद्रगोल बनाईएको रहेछ । त्यो प्रविधि कता गयो । त्यसले किन काम गरेन ? यो प्रश्न मेसुलाई राख्न पाएनौ ।

यस अघिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीले परिसरमा फुल फुलाउने नया“ छाप छोड्नुभएको छ । मेशु पन्थी र अध्यक्ष अधिकारीको पहलमा अस्पतालको खाली क्षेत्रजति सबैतिर बगैंचा थियो । सदस्य विवेक श्रेष्ठ लगाएतको सकृयताले अनावश्यक मौलाएका झाडि झाङ हटाईएको थियो । गर्मि मौसमको जेठ १५ गते पुग्दा पनि उपक्षेत्रीय अस्पतालको करेसा बारी हेर्नलाएक मनमोहक थियो । घोराही नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत तुफान सिं केसी संग फोहर व्यवस्थापनको लागि सल्लाह भैरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको थियोे ।

त्यसै बेला साविक घोराही १० का सरसफाइ संयोजक शक्तिराम डागि र ६ का संयोजक मिनराज गौतमले अध्यक्ष अधिकारी र मेसु पन्थीलाई पनि भेटेका थिए । दुवै वडाको सिमाना फोहर बनाएको मद्धा थियो । दुवै संयोजकहरु संगको छलफलकै क्रममा अस्पतालका नासु गणेश दाहाललाई वैठकको प्रस्तावको रुपमा नोट गर्न निर्देशन दिनुभयो । केहि समय पछि फोहर व्यवस्थापन भयो । विद्यालय नजिकको फोहरमा टेक्टर बाट माटो हालेर पुर्न लगाईयो । गल्ने फोहर उठाउन नगरपालिका सहमत भयो । अस्पतालको जग्गा अतिक्रमण गर्नेहरुलाई उठाउन पनि भित्र भित्रै सम्झौता गरीएका छन् । पहिला काम त्यसपछि प्रचार भन्ने डा पन्थीको भनाइ हुन्छ । त्यसले गर्दा धेरै कुराहरु हल्ला भएका छैनन भन्ने मैले महशुस गरेको छ ।

उसैबेला देखिनै अस्पतालमा विभिन्न दिवसमा विरामीलाई फलफुल बा“ड्न नआउनु भनेर अध्यक्ष अधिकारीले सल्लाह दिनुभएको थियो । विरामी र तिनका घाउलाई असर हुन्छ भनेरै अधिकारीले डाक्टर र चिकित्सकसंग हात नमिलाउनु भन्नुभएको थियो । यस्ता नियमले अस्पताललाई आधुकिता र व्यवस्थित बनायो । बाहिर बाट बिरामी आउन थाले । डाक्टरको व्यवस्था मिल्दै थियो । डाक्टर एवं चिकित्सकहरुको डिउटिका विषयमा नागरीक समाज दाङका संयोजक एवं दाङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चन्द्रराज पन्तको विशेष चासो थियो ।

कुनै पनि वार्डमा अंग्रेजी नलेख्ने, डाक्टरको नेमप्लेडमा आउने र जाने समय लेख्ने भन्ने थियो । त्यो काम भने अहिले सम्म पनि गरेको जस्तो लागीन । किन भने यसपटक ईमजेन्र्सीमा लामो समय डाक्टर थिएनन् । नर्सहरुले फोन गरी बोलाएपछि गालि गर्नुहुन्छ भनेर जानकारी दिए । अस्पताल प्रशासनले ठिक समयमा डाक्टर आउने र वस्ने व्यवस्था मिलाएको पाईएन । यहि दुई वर्षको विचमा सुविधा सम्पन्न ईमर्जेन्सी कक्ष बन्यो । यसपटक हामि पुग्दा ईमर्जेन्सीको चर्पि गन्हाएन ।

घरको जस्तै लाग्थ्यो । त्यसैले धेरै प्रगति भएको छ । प्रमुखको जिम्मेवारी लिएको दोस्रो बार्षिक उत्सव मनाउ“दा सम्म यतिको परिवार्तन हुनुलाई सलाम भन्नुपर्छ । थप प्रगतिको लागि प्रमुख पन्थिलाई हार्दिक मंगलमय शुभकामना मुक्त कण्ठले दिन चाहान्छु । र कान्तीपुर दैनिकमा दुर्गालाल केसि, वुटवल टु डेमा सन्तोष अधिकारी, नया युगवोधमा जेएन सागर, गोरक्षमा अममरराज अचार्य, राप्तीपोष्ट, राप्ती समाचारमा रिता लामा, र प्रदेश टुडे मा सपना बोहराले दिएको सुझाव सहितको समाचार अनुशरण गर्न पनि आग्रह गर्दछु । जसले अझै उन्नती हुने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्