बन्दले प्रदेश नं.५को जनजीवन पनि विहानै देखी प्रभावित



सैघाली खबर
दाङ , २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेका एक दिने नेपाल बन्दले देशभर संगै प्रदेश नं. ५ मा पनि विहान देखी प्रभावित बनेको छ । बन्दका कारण बजार तथा यातायात पूर्ण रुपमा ठप्प हुदा सर्वसाधारणको दैनिक विहानै देखी कष्टकर बनेको हो । बन्दका कारण यातायात सेवा सञ्चालन हुन नसक्दा विहानै देखी यातायात सञ्चालन हुन नसक्दा राजमार्गमा सर्वसाधरणहरु पैदलयात्राको सवार गरिरहेका छन ।


बन्दका कारण यातायात , बजा कलकारखाना लगायत पूर्ण रुपमा बन्द छन । प्रदेश नंं ५ का पुर्व –पश्चिम महेन्द्र राजमार्गमा पनि विहान देखी यातायातहरु सञ्चालन हुने सकेका छैनन । भने पहाडी जिल्लाहरुमा पनि बन्दको .पूर्ण प्रभाव परेका देखिन्छ । दाङ, वाँके , वर्दिया , रुपन्देही , कपिलवस्तु , पश्चिम नवरपरासी , गुल्मी , अर्घाखाँची , प्युठान , रोल्पा , पुर्वी रुकुम लगायतका जिल्लाका यातायात र बजार पूर्ण रुपमा बन्द भएका छन । जसका कारण सर्वसाधरणहरु अलपत्र परेका छन ।

यता बन्दका कारण प्रदेश नं. ५ को जनजीवन विहानै देखी प्रभावित बनेको छ । बन्दका कारण जिल्लाको यातायात सेवा ठप्प रहेका छन । बजार सुनसान छन । जिल्लाको घोराही , तुलसीपुर , लमही र भालुवाङमा बन्द रहेका छन । बन्दलाइृ मध्ये नजर गर्दै संघीय प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङले सुरक्षा व्यवस्थालाई निकै चुस्तताका साथ परिचालन गरेको जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्