सार्वजनिक यातायातको आन्दोलन, प्रालीहरुको मनोमानी, ठगिदै यात्रु ।। (भिडियो)



रेणु डिसी
सैघाली खबर/काठमाण्डौँ, २२ बैशाख।
नमस्ते राप्ती यातायात प्राली काठमाण्डौँका ईन्चार्जले बुटवलसम्मका यात्रुहरुलाई पनि दाङकै भाडा असुलेको बताएका छन् । सरकारको निर्णय बिरुद्ध सार्वजनिक यातायतका गाडीहरु सञ्चालनमा नआउदा प्रालीहरुले यात्रुहरुलाई खुलेयाम लुटेको प्रष्ट देखिएको छ ।

एस.के. अनलाईनसँगको कुराकानिमा नमस्ते राप्ती यातायात प्राली काठमाण्डौँका ईन्चार्जले आफुहरुले काठमाण्डौँ–दाङको लागि मात्रै बसहरु छाडेको हुनाले अन्यत्रका यात्रुहरुलाई यात्रा गर्न नदिने बताएका हुन् । यदि यात्रु आफैले जान चाहेको खण्डमा दाङसम्मकै भाडा अनिवार्य रुपमा तिनुपर्ने बाध्यकारी नियम उनले लगाएका छन् । गाडी नचल्दा अलपत्र परेका यात्रुहरु दाङसम्मकै भाडा तिरेर भएपनि बुटवल सम्मको यात्रा गर्न बाध्य छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्