साउनदेखि न्यूनतम पारिश्रमिक लागु हुन्छ : बिष्ट ।।



सैघाली खबर/काठमाण्डौँ, २२ बैशाख।
आउँदो साउन १ गतेदेखि न्यूनतम पारिश्रमिक लागू हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आउँदो साउन देखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने बताएका हुन् ।

अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आयोजना गरेको अहिलेको संघीय संरचनामा अस्थायी करार ज्यालादारी कर्मचारीको व्यवस्थापन सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै उनले सरकारको सीमा, विद्यमान कानूनको सीमा तथा श्रमिकको समस्यालाई आधार बनाएर श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जानकारी दिएका छन् ।

नेपालमा नयाँ संविधान घोषणापछि बनेको वामपन्थीको सरकारले नौलो अठोट र अभियानका साथ समृद्ध मुलुक निर्माण गर्ने अभियानमा जुटिरहेको बताउँदै मन्त्री विष्टले देशमा आर्थिक क्षेत्रको विकास गरी नागरिकलाई सुखी बनाउने वर्तमान सरकारको एक मात्र उद्देश्य रहेको बताएका छन् । नेपालमा हाल १७ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्