मजदुरको हितमा सरकारको निर्णय राई



 

दाङ २२ बैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले सरकारले सिन्डिकेट हटाउन गरेको निर्णय मजदुरको हितमा रहेको बताए । सरकारले गरेको निर्णयले यातायात मजदुरहरुको पारिश्रमीक, नियुक्तिपत्र, बिमाको ग्यारेन्टी गरेको उनले बताए । साथै सरकारको निर्णय स्वागत योग्य रहेको समेत बताए ।

 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको तेस्रो अधिबेशन उद्घाटन समारोहलाई सम्वोधन गदै अध्यक्ष राईले सरकारले गरेको निर्णयलाई यातायात व्यवसायीले स्वीकार गर्नुपर्ने बताए । सरकारले असार सम्म यातायात समितिहरुलाई समय दिएर प्रा.लि.मा ल्याउने बाटो खुल्ला गरिदिनुपर्ने बताए । ‘सरकारले अहिले गरेको निर्णयको सबैले स्वागत गर्नुपर्छ’ उनले भने‘ तर सरकारले असारसम्ममा समितिलाई प्रालिमा ल्याउन बाटो खुल्ला गर्नुपर्छ ।’ सरकारले समिति मार्फत बुकिङ काउन्टरमा काम गर्ने यातायात मजदुरहरुको सुरक्षाका लागि सरकारले योजना अघि बढाउनुपर्ने समेत बताए ।

समितिहरु पुराना शैलीबाट सञ्चालन भईरहेको भन्दै उनले समितिको कार्यशैली परिबर्तन हुनुपर्ने बताए । समितिहरु समय अनुसार नयाँ ढंगबाट सञ्चालन हुनुपर्ने उनको भनाई थियो । ‘पुरानो शैलीबाट समितिहरु चलिरहेका छन्’उनले भने‘ अब समितिहरु नयाँ तरिकाबाट चल्नु पर्छ ।’ उनले सरकारले ल्याएको सामाजिक सुरक्षा ऐनले मजदुरहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्ने बताए ।

संगठन दाङका अध्यक्ष चुडा बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव नवराज घिमिरेले यातायात मजदुरहरुले गर्ने कामको सम्मान हुनुपर्ने बताएका छन् । श्रमीकको उचित पारिश्रमीक र सुरक्षामा ध्यान दिनुपर्ने उनले बताए । यातायात मजदुरहरुलाई विभिन्न तरिकाबाट दुःख दिने काम भईरहेको भन्दै आगामी दिनमा सरकार वा यातायात व्यवसायी कसैको तर्फबाट षड्यन्त गरी फसाउने र दुख दिने काम गरेमा आफुहरु आन्दोलनमा उत्रने समेत चेतावनी दिए ।

कार्यक्रममा संगठनका ५ नम्वर प्रदेश ईन्चार्ज शिवराज पन्थी, केन्द्रीय सदस्य घनश्याम डाँगी,तुलसीपुर उपमहानगरपालिका ९ का अध्यक्ष घनश्याम ढकाल, नाटो संघका गोविन्द पाण्डे, मल्टिमिडिया प्रालिका अध्यक्ष संगित बस्याल, तुलसीपुर अटो एसोसियसनका अध्यक्ष टोप बहादुर महतराले यातायात मजदुरहरुको उचित पारिश्रमीक निर्धारण हुनुपर्ने बताएका थिए ।

‘देशभरका यातायात मजदुरहरु एक हऔ ,समृद्धिका लागी श्रमशक्ति सुरक्षा, यात्रुमैत्री व्यवहार र आपसी हार्दिकता’भन्ने मुल नाराका साथ अधिबेशनको उद्घाटन गरीएको हो । उपाध्यक्ष सुर्वणराज भण्डारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सल्लाहकार यज्ञ वुढाथोकीले गरेका थिए । त्यस अबशरमा मजदुरहरुको हितमा काम गर्ने बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । संगठनको भवन निर्माणमा सहयोग गर्ने दिपक बुढाथोकी,रामचन्द्र बस्नेत, तोरण पोख्रेल, टोप बहादुर महतरा, कालिप्रसाद योगी, केशब सापकोटा , दिनेश अर्याल, व्यवसायी मिनप्रकास शर्मा, चालक शालिकराम केसीलगायतलाई सम्मान गरिएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्