असार ११ , दाङ । जिल्ला स्थिति क्रियाशिल दल एंव उम्मेद्वारहरु लाई निर्वाचन आचार सहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ ।
सैघाली अनलाईन खवर पत्रिका संग टेलिफोन सम्र्पकमा कुराकानी गर्दै मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काले निर्वाचन हुने मितिको ४८ घण्टा अघि देखी नै लागु हुने गरी निर्वाचन आयोगले लागु गर्न लागिएको मौन अवधि सवै दलहरु लाई पालना गर्न सवैमा अपिल गरेका छन । आज मध्य राती वाट लागु हुने गरी दाङ लगाएत सवै निर्वाचन क्षेत्रहरुमा सुरु हुन लागिरहेको मौन अवधी भर कसैले पनि चुनावी प्रचार प्रसार गतिविधि गर्न नपाईने जानकारी दिए ।
घरदैलो अभियान , चुनावी सभा , भोजभतेर , प्रर्चा वितरण जस्ता यदि मौन अवधि समय भित्रमा पाईएमा निर्वाचन आयोगले १ लाख रुपैया सम्म जरिवाना र उसको अवस्था अनुसारको उम्मेद्वारी बदर समेत गर्न सकिने खड्काले जानकारी दिए । साथ उनले भने यदि निर्वाचित भईसके पनि मौन अवधी भित्रको समयमा केही त्यस्ता निर्वाचन आचार संहिता विपरित कार्य गरेको पाईएमा निर्वाचित भईसके पनि उम्मेद्वारी रद्द गर्न सकिने कानुनी प्रावधान रहेको खड्काले जानकारी दिए ।
आसन्न स्थानिय तहको निर्वाचन शान्ती पुर्वक स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नै निर्वाचन आयोगले निश्चित मापदण्ड निर्माण गरी ४८ घण्टाका लागि लागु हुने गरी मौन अवधी लागु गर्न लागिएको उनले वताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।