आज इद, इदको अवसरमा सार्वजनिक बिदा



असार   १२ दाङ

eda 1

 
मुस्लिम समुदायले पवित्र एकमहिने रोजा ब्रत पूरा भएको खुशीयालीमा आज इद उल फित्र पर्व मनाउँदैछ । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन सोमबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने गर्दछन् । खुशीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आइतबार बेलुकी चन्द्रमा देखिएपछि सोमबार इद उल फितर मनाउन शुरु हुन्छ र त्यसको एक महिनापछि सकिन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ । विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइन्छ ।
यसैबीच सरकारले इस्लाम धर्मालवम्बीहरुको पर्व इद (इदउल–फित्र) का अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र संख्या ५१, खण्ड ६५ भाग ५ मा मिति २०७३ चैत १५ गते प्रकाशित सूचना अनुसार ‘इस्लाम धर्मावलम्वीहरुको पर्व इद (इद उल–फित्र)का दिन बिदा दिने’ भनी उल्लेख भएको र यो पर्व आज पर्ने भएकाले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्