सांसदहरुको पहिचान दिने लोगो निर्माण, भण्डारीले पाउने भए २५ हजार ।।



सैघाली खबर/काठमाण्डौ, २३ बैशाख।
प्रदेश ५ का सांसदहरुको पहिचान दिने लोगो निर्माण भएको छ । लोगो बनाउनका लागि ०७४ फागुन २४ गते मिडियामार्फत रुपमा नमूना आव्हान गरिएकोमा १२ जनाले सहभागिता जनाएका थिए । सोमबार एक कार्यक्रम गरी लोगो, पुस्तक, बेवसाइट सार्बजनिक गरिने छ भने लोगो निर्माणकर्ता २ जनालाई सम्मान गरिने छ ।

कार्यक्रममा सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसी तथा अन्य मन्त्रीहरुको उपस्थिती रहने प्रदेशसभा ५ सचिवालयले जनाएको छ । प्रदेशसभा ५ सचिवालय अनुसार सहभागिता जनाएका १२ जना मध्येबाट दाङको तुलसीपुर उपमहानगरपालिका–१ का खगेश्वर भण्डारीले प्रदेशसभा सदस्यका लागि निर्माण गरेको लोगो छनौट गरिएको छ । भण्डारी प्रथम भएका छन् ।

उनलाई सोमबार एक समारोहका बीच नगद २५ हजारले पुरस्कृत गरिने छ । लोगो सिस्ने हिमाल, गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको छ । त्यस्तै प्रदेशसभा सचिवालयका कर्मचारीका लागि रुपन्देही तिलोत्तमा–९ मंगलापुरका सुधिर अर्याल द्वितीय भएका छन् । उनलाई नगद १५ हजार प्रदान गरिने छ ।

त्यस्तै प्रदेशसभा ५ को आधिकारीक बेवसाइट www.pradeshsabha.p5.gov.np  को पनि सोमबार सार्बजनिक गरिने तय भएको संसद सचिबालयका सचिब डा. मानबहादुर बिकले बताएका छन् । त्यस्तै गरी प्रदेशसभा संचालनका तथा ब्यबस्थापनका लागि प्रदेशसभाबाट सर्बसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध बिषय समेटिएको पुस्तक पनि सार्बजनिक गरिने भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्