दादा गीरी गर्ने लाई जीरो मा झार्छू एसपि तामाङ्ग



सागर थापा÷ बिष्णु कुमार देवकोटा नेपालगंज बैसाख २३ इन्काउन्टर हुनसक्छ ः एसपि तामाङ्ग जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुर्याए इन्काउन्टर हुने बताउनुभएको छ । आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानि गर्दे तामाङ्गले यस्तो बताउनुभएको हो । बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संबेदनसील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्नेकार्य जिल्ला प्रहरीकार्यालय बाँकेको प्राथमिताको प्रथम सुचिमा रहेको बताउनुभयो । छिमेकी देश भारत संग जोडिएको नाकाक्षेत्र समेत भएकाले नाकासंग सम्बन्धित अन्तरदेशिय अपराधका नियन्त्रण, लागू औषध ओसार पसार , चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराधक निर्मुल गर्नका लागि प्रहरी सकृय रहेको बताउनु भयो । एक अर्को प्रसंगमा तामाङ्गले नेपाल सरकारको २० बर्षे सवारी साधनहरु बिस्थापन गर्ने नितिअनुरप हाल सम्म ३ वटा सवारी साधनहरुलाई यातायात व्यवस्था कार्यालयमा पठाईएको बताउनुभयो । नेपाल सरकारको सिण्डिकेट बिरुद्धको नितिलाई कार्यान्वयन गर्ने सवालमा शनिबार सम्म ४ जना यातायात व्यवसायीहरु सहित ३ जनाकर्मचारी गरी जम्मा ७ जनालाई अत्यावस्यक सेवा संचालन ऐन २०१४ बमोजिम कार्वाहिका लागि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रकृतिगत हिसाबमा जिल्ला प्रहरी बाँकेमा फाइलहुने केसहरु मध्ये करीब १ तिहाई केसहरु लागूऔषध संग सम्बन्धित हुने तामाङ्गले बताउनुभयो । नेपालगंजमा वेस्यावृत्ति समेत मौलाएको भन्दै तामाङ्ले वेस्यावृत्तिमा संलग्नहरुको पुनःस्थापनाकालागि सिपमूलक तालिमहरु संचालन गरी उनिहरुको सम्मानीत जिवनयापनका लागि सम्बन्धित सरोकारवालाहरुले समन्वय गर्नुपर्नेकुरामा जोड दिंदै औद्योगिक सुरक्षामा समेत प्रहरी सकृय रहेको बताउनुभयो । जनमैत्रि प्रहरी को बिकास र आम जनताका समस्याहरु सहज र सरलरुपमा प्रहरीले सुन्ने भन्दै मुस्कान सहितको प्रहरी सेवा दिन दिन रात बाँके प्रहरी सकृयरहेको बताउनुभयो । “संगठित अपराधमा प्रहरीको सुन्य सहनसील निती रहेको छ” तामाङ्ले भन्नु भयो । जनतार प्रहरीको सम्बन्ध बिस्तार गर्न र ढुक्क संग जनताले आफ्ना समस्याहरु प्रहरी संग राख्े बाताबरण मिलाईएको दावी गर्दे कुनैपनि आम सर्वसाधारणले एसपि लाई भेट्न पाउने बताउनुभयो । नेपालगंज नाका स्थल मार्ग समेत प्रयोगगरी चेलीबेटि बेच बिखन गर्ने क्षेत्र भएको तर्फ संकेत गर्दे तामाङ्गले प्रहरी आफै र विभिन्न संघसंस्थाहरुको सहयोगमा चेलीबेटी बेचबिखन बिरुद्ध अपरेसनहरु संचालनगरीरहेको जानकारी दिनुभयो । हाल ८ जना संगठित अपराधमा संलगनहरुलाई प्रहरस्ी कस्टडिमा लिएर अनुसन्धा गरीरहेको जानकारी दिंदै कानुनसम्मत काम गर्दा कसैको चाकडि गर्नु नपर्ने तर कानुन बिपरित कार्यगर्ने कसैलाई पनि प्रहरीले नछोड्ने चेतावनी समेत दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिकाहरुको बेसहरु पनि बेसी आउने भन्दै तामाङ्गले महिला सेल मार्फत समस्या समाधान गरीरहेको जानकारी दिनुभयो । नेपाल प्रहरस्को “सिधा कार्वाहि ” आरएससिसि लाई समेत एकिकृतरुपमा आगूगरीरहेको प्रहरीले ध्वनि प्रदुषण लाई नियन्त्रण गर्न रात्रिकालिन समय ११ बजेसमम मात्र कुनैपनि सुभ तथा धार्मीक कार्यमा साउण्ड सिस्टम बजाउन पाउने आचारसंहिता बनाई लगूगरेको तामाङ्गले बताउनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्