जीप दुर्घटनामा पत्रकार महासंघ दांगका अध्यक्ष प्रियासन सहित ५ घाइते, हेर्नुहोस् भिडियो सहित



 

दांगबाट काठमाण्डौ आउँदै गरेको स्कापियो जीप धादिगंको गल्छीमा दुर्घटना हुँदा नेपाल पत्रकार महासंघ दागंका अध्यक्ष सविन प्रियासन सहित ५ जना घाइते भएका छन् ।

बा १६-च ८९७ नम्बरको उक्त जीप दुर्घटनामा दांगका एमाले नेता विवेक श्रेष्ठ, घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष देवीबहादुर डिसी, सचिव सुमन शर्मा र कोषाध्यक्ष धु्रव रेग्मीपनि घाइते भएका छन् ।

विहान ६ बजेतीर भएको उक्त सडक दुर्घटनामा पर्नेहरुमध्ये विवेक श्रेष्ठको कानमा गम्भीर चोट लागेको छ भने अरु सामान्य घाइते भएको घटनास्थलबाट सविन प्रियासनले जानकारी दिएका छन् ।
जनता र नेपाल प्रहरीले उद्धार गरेपछि स्थानीय मेडिलमा घाइतेहरुको उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको बताइएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्