काशी तिवारीको हत्यामा संलग्न भएको अभियोगमा मेयर कुशवाह पक्राउ



काठमाडौं
काशी तिवारीको हत्यामा संलग्न रहेका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह पक्राउ परेका छन् ।

तकालीन हिन्दु युवा संघका केन्द्रिय अध्यक्ष काशी तिवारीको मेयर कुशवाहको नेतृत्वमा  हत्या भएको पुष्टी भएपछि उच्च अदालत बिरगन्जले गत चैत २० गते जन्मकैदको फैसला सुनाएको थियो ।

कुशवाह नेकपा माओवादी केन्द्रबाट कटहरिया नगरपालिकामा मेयरमा चुनिएका हुन् ।

२०६८ साल असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो ।
मेयर कुशवाहलाई अदालतको फैसला कार्यान्वयका क्रममा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको पुष्टी सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले गरेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्