अलपत्र अबस्थामा रहेका सिसि क्यामेरा प्रयोगमा



दाङ असार १२  घोराही बजारमा अलपत्र अबस्थामा रहेका सिसि क्यामेरा  फेरी प्रयोगमा आएका छन् ।  घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग  बाणिज्य संघको संयुक्त पहलमा सिसि क्यामेराहरुको मर्मत गरेर सुचारु गरिएको हो ।घोराहीको सुरक्षा व्यवस्था सुधारका लागि बजारका  ७ स्थानमा  क्यामेरा जडान गरिएको छ । तुलसीपुर चोक, ट्राफिक चोक, लखनपार्क, बसपार्क, शहिद गेट, रझेना चोक र दामोदर चोकमा उक्त क्यामेरा जडान गरिएको थियो ।

a

घोराही उपमहानगरपालिकाले ३ लाख र उद्योग बाणिज्य संघले ६६ हजार ५ सय रुपैयाँ खर्च गरेर क्यामेराको मर्मत गरिएको छ । सबै क्यामेराका लागि व्याट्रि र ईन्भटरको समेत व्यवस्था गरेर दिगोरुपमा सञ्चालन हुने गरी काम भएको उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले जानकारी दिएका छन् । बजारमा हुने कुनै पनि अबान्छित कार्यलाई रोक्न र भैसकेपछि पनि अनुसन्धानमा सहयोग पुग्ने गरि सिसि क्यामेराहरु जडान गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्