सासंद चौधरीमाथि हातपातको प्रयास



सैघाली अनलाईन

असार १२ , दाङ ।  नेपाली काग्रेसका नेता एवम् सासद डिल्ली बहादुर चौधरीमाथि हातपातको प्रयास गरिएको छ । निधन भएका आफन्तको घरमा श्रद्धाञ्जली दिन तुलसीपुर १६ मानपुरको भेलाही जानुभएका चौधरी माथि नेकपा एमालेका समर्थकहरुले आक्रमणको प्रयास गरेका थिए । आफन्त हरिराम चौधरीलाई पत्नी वियोगको अबस्थामा मानवताको हिसावले दुखको घडीमा रहेका चौधरी परिवारलाई भेट गरि फर्कने क्रममा युवाहरुले आक्रमणको प्रयास गरेका हुन । press2

तुलसीपुर फर्कने क्रममा काग्रेस नेता कुमोद पोख्रेलको घर बाटोमा पर्ने र कुमोद जीलाई भेट गरि रहेको अबस्थामा एक जथा युवाहरुले जथानाम गालीगलौच गरि आक्रमण गर्ने प्रयास समेत गरेको चौधरीले आज सोमबार तुलसीपुरमा पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । तपाई मौन अवधिमा किन हाम्रो क्षेत्रमा प्रवेश गरेको भन्दै निकै आक्रमक भई कुटपीटको समेत प्रयास गरेको उहाले जानकारी दिनुभयो । चौधरीलेआफुमाथि आक्रमणको प्रयास गर्ने उक्त समुहलाई कारर्बाहीका लागि प्रशासनसग माग समेत गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्