सैघाली खबर,
तुलसीपुर ३० बैशाख ।
तुलसीपुर १८ बिजौरीमा रहेको असाहय बाल विकास नेपालमा रहेका बालबालिकालाई पाठ्यपुस्तक सहयोग गरिएको छ । तुलसीपुरको गौरी पुस्तक भण्डारले त्यहाँ रहेका बालबालिकालाई पठन पाठनमा सहयोग पुगोस भनी पाठ्यपुस्तक सहयोग गरिएको हो ।
शुक्रबार त्यहाँका २० जना बालबालिकालाई पाठ्यपुस्तक हस्तान्तरण गरिएको गौरी पुस्तक भणडारका सन्तोष आचार्यले बताए । ‘उनीहरुलाई पठनपाठनमा सहयोग होस्, भनी पुस्तक बितरण गरिएको हो’ उनले भने । गत बर्ष पनि गौरी पुस्तक भण्डारले नै ति बालबालिकालाई पुस्तक सहयोग गरेको हो । अहिले बालबिकास नेपालका सबै बालबालिकाहरुलाई पब्लिक ज्ञान ज्योतीले निःशुल्क शिक्षा दिईरहेको छ ।
यसैबीच संस्थाका अध्यक्ष बिष्णु चौधरीले बालबालिकाको उज्जवल भबिष्य निर्माणका लागि पुस्तक सहयोग गरेको आभार ब्यक्त गरे । यस्तै असहाय बालबालिकालाई सबै सामाजिक अभियानताको सहयोगमा भबिष्यमा कर्णाधार बनाउन सकिने बताए ।।
((
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।