सांसद माथि भएको दुरव्यवहार प्रति काँग्रेसको भत्सना



दाङ,असार १३ । नेपाली काँग्रेस दाङका नेताहरुले काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरी र सांसद डिल्लीबहादुर चौधरी माथि एमालेवाट भएको आक्रमण र दुरव्यवहार प्रति भत्सना गरेका छन् । तुलसीपुरमा मंगल विहान आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले प्रजातान्त्रिक पद्धतिमा छौं भन्ने तर विपक्षी उम्मेदवारलाई वाटो ढुकेर आक्रमण र हत्याको प्रयास गर्न कार्य निन्दनिय भएको बताए । ‘कार्यकर्ता उचालेर काँग्रेसका उम्मेदवार माथि आक्रमण गर्न खोज्नु एमालेको हार्छौ भन्ने हतास मानसिकताको उपच हो ।’ सभापति खड्काले भने । 2
त्यस्तै दाङ क्षेत्र नं. ४ बाट निर्वाचित सांसद एवं काँग्रेस नेता बुद्धिराम भण्डारीले उम्मेदवार र सांसदमाथि आक्रमणको प्रयास हुनु निन्दनीय कार्य भएको बताए । काँग्रेसले चुनाव जित्छ भन्ने निश्चित भएपछि हतास मानसिकता भएकाहरुले आक्रमणको प्रयास गरेको उनले बताए । यसैबीच अर्का सांसद डिल्लीबहादुर चौधरीले सोमवार दिउँसो अनाहकमा आँफूलाई एमालेका कार्यकर्ताले बाटो छेक्नु र दुरव्यवहार गरेको भन्दै त्यसप्रति खेद प्रकट गरेका थिए । लोकतन्त्रमा कसैको वाटो छेक्ने अधिकार कसैलाई नभएको भन्दै उनले हार्नै निश्चित भएपछि एमाले आत्तिएको उनले बताए । कार्यक्रमलाई नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतवहादुर खड्का, नेता राजेन्द्र धिताल लगाएतका नेताहरुले पनि सम्वोधन गरेका थिए । नेपाल प्रेस यूनियन दाङका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनको सहजीकरण यूनियनका कोषाध्यक्ष शरद रेग्मीले गर्नु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्