सामाजिक सुरक्षाका कार्यक्रमलाई दिगो बनाउछु : पोख्ररेल ।।



सैघाली खबर/काठमाण्डौँ, ३० बैशाख ।

वर्तमान सरकार दिगो सामाजिक सुरक्षाका कार्यक्रममार्फत लोककल्याणकारी राज्य स्थापना गर्नतर्फ अघि बढ्न लागेको रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रुपमा रहेको सामाजिक सुरक्षाका कार्यक्रमलाई सर्वकालिक तुल्याउँदै लैजाने भनाई उनको थियो ।

अन्तर्राष्ट्रिय लाइन्स क्लवद्वारा काठमाडौंमा आयोजित वरिष्ठ जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै रक्षामन्त्री पोखरेलले योगदानमा आधारित सामाजिक संरक्षणका कार्यक्रम मार्फत जनताको हितमा काम गर्ने अठोट व्यक्त गरेका हुन् ।

जेष्ठ नागरिकलाई वृद्धभत्ता मार्फत सम्मान गर्नुपर्छ भन्ने मनमोहन अधिकारी नेतृत्वको सरकारले सिकाएको संस्कारले नयाँ पुस्तालाई अभिप्रेरणा गरिरहेको भन्दै रक्षामन्त्री पोखरेलले आफ्नो कार्यकाल अवधिभर काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा जेष्ठ नागरिक आवास केन्द्र बनाउने योजना रहेको पनि बताएका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्