बम आतङक संगै सेनाको गस्ती सुरु



सैघाली अनलाईन खबर
असार १३ , दाङ ।  नेपाल कम्युनिष्ट पार्टी विप्लव का कार्यकर्ताले उम्मेद्वारका घर लगायत सार्वजनिक स्थलमा समेत वम राखेर आतंकित तुल्याएपछि दाङमा नेपाली सेनाले गस्ती सुरू गरेको छ।Nepal-Army 2

दाङ जिल्लाका विभिन्न उम्मेद्वारहरुको घर वरिपरि शंकास्पद वस्तु फेला परिरहेकाले नेपाली सेनाले सुरक्षा व्यावस्था लाई कडाई गर्दै गस्ती सुरु गरेको छ । नेकपा माओवादी केन्द्को तर्फ घोराही उप–महानगरपा्िलका मेयर पदको उम्मेद्वार जीवन गौतम र तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको घरमा मंगलवार विहान बम फेला परेको थियो। त्यसैगरी तुलसीपुरको वीपी चोक र घोराहीको ट्राफिक चोकमा समेत बम फेला परेको प्रहरीले जानकारी दिएको छ। यसरी मतदानको अघिल्लो दिन सर्वसाधारण मतदातालाई आतंकित पार्ने गतिविधि बढ्न थालेपछि दाङमा सेनालाई गस्ति गर्न आग्रह गरिएको प्रहरीले जानकारी दिएको छ। यसअघि नै राष्ट्रपतिले समेत निर्वाचनको समयमा सेना परिचालन गर्न अनुमती दिइसकेकी छन्।

फेला परेका सबै बम ‘नक्कली’

यसैबीच दाङका प्रहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहले दाङमा फेला परेका सबै बम नक्कली भएको बताएका छन्। उम्मेद्वारका घर र सार्वजनिक स्थलमा नक्कली वम राखेर मतदातालाई त्रसित पार्न खोजिएको उनले बताए। ‘नक्कली बम राखेर सर्वसाधारण मतदातालाई त्रसित पार्न खोजिएको देखियो, त्यसैले त्यसबाट कत्ति पनि विचलित नभइ निधक्क साथ मतदानमा सहभागि हुनुहोस् सुरक्षा प्रवन्ध भरपर्दो छ,’ एसपी सिंहले भने
बाहिर ‘वम’ भन्ने लेखेर भित्र प्लास्टिक र कागज राखेको पाइएको जानकारी दिए। यद्यपी प्रत्यक्षदर्शीले भने नेपाली सेनाले सबै बमहरू मध्यराति डिस्पोज गरीसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्