भोट माग्न हिँडेका नेतालाई खोलाले बगाउँदा मृत्यु



असार १३, २०७४- यहाँको खिजीदेम्बा गाउँपालिका ४ स्थित खिजीकातीमा सोमबार राति नेपाली कांग्रेसका स्थानीय नेता कमलबहादुर सुनुवारलाई खोलाले बगाएको छ । मौन अवधिको समयमा समेत भोट माग्ने भन्दै हिँडेका सुनुवारलाई चुलेपु जंगलको खोल्सामा आएको बाढीले राति बगाएर बेपत्ता बनाएको थियो ।

सुनुवारको शव करिब सात घण्टापछि प्रहरी र स्थानीयले मंगलबार बिहान खिजीदेम्बा ३ स्थित सात सय मिटर तल फेला पारेका छन् । उनी एक आफन्तको विवाहमा समेत सरिक भई आएको र मदिरा सेवन गरेको कारण बगाएको अनुमान गरिएको प्रहरी निरीक्षक टीका कार्कीले बताए । कांग्रेसकै नेता तथा गाविसका पूर्वअध्यक्ष रेवतबहादुर सुनुवारसँगै हिँडेका कमललाई खोलाले बगाए पनि रेवत भने सकुशल छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्