सन्दिपलाई बहार, सफल भए तीन बिधाको मनोनयनमा पर्न ।।



सैघाली खबर/काठमाण्डौँ, २१ बैशाख।
युवा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीन वटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाईस विधामा यसअघि नै मनोयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका छन् ।

उत्कृष्ट पुरुष खेलाडीमा लामिछानेसँगै क्रिकेटर पारस खड्का, ब्याडमिन्टनका दीपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, गल्फका टंक बहादुर कार्की पनि मनोनयनमा परेका छन् । उत्कृष्ट महिला खेलाडीमा बक्सिङकी विमला श्रेष्ठ, ब्याडमिन्टनबाट शोभा गौचन, आर्चरीकी ज्ञानु अवाले, फुटबलबाट सावित्रा भण्डारी र टेबलटेनिसबाट नविता श्रेष्ठ परेका छन् ।

उत्कृष्ट युवा खेलाडीमा क्रिकेटर लामिछानेसँगै, क्रिकेटबाटै दीपेन्द्र सिंह ऐरी, फुटबलबाट दिनेश हेम्जन, जुडोबाट मनिता श्रेष्ठ प्रधान, बक्सिकबाट पुनम रावल मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकको मनोनयनमा क्रिकेट प्रशिक्षक जगत टमाटा, क्रिकेटबाटै बिनोद दास, फुटबल प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठ परेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्