आज देखी शिक्षक नियुक्ती प्रक्रिया शुरु



सैघाली खबर
घोराही , ३१ वैशाख । शिक्षा मन्त्रालयको निर्देशनमा शिक्षा विभागले आज सोमवार देखी दरबन्दी रिक्त सामुदायिक विद्यालयहरुमा शिक्षक नियुक्त प्रक्रिया शुरु हुदैछ । गत चैत्र २१ गतेदेखि लागु हुने गरी शिक्षा मन्त्रालयको निर्देशनमा शिक्षा विभागले देशभरको शिक्षक दरवन्दी मिलानको अर्काे व्यवस्था नहुदा सम्म रोकिएको दरबन्दी मिलानको वैकल्पीक व्यवस्थापनका लागि सरकारले देशव्यापी रुपमा आज सोमवार देखि शिक्षक नियुक्त प्रक्रिया शुरु गर्न लागेको हो ।

दरबन्दी मिलानको अभावका कारण सामुदायिक विद्यालयहरुको अस्तव्यस्ततालाई शिक्षक नियुक्त प्रक्रियाले समाधान गर्न सक्ने शिक्षा विकास तथा समन्वय ईकाई दाङका प्रमुख मैनालीले बताउनुभयो ।

जिल्लाका करिव एक सय २५ वटा सामुदायिक विद्यालयहरुमा रिक्त रहेका पदहरुमा शिक्षक नियुक्त हुने उहाँले जानकारी दिनुभयो । वर्षाै देखि शिक्षक दरबन्दी मिलानको अभावमा कारण शिक्षक अभावमा चल्दै आइरहेकाले सामुदायिक विद्यालयहरु शिक्षक नियुक्तले केही राहात प्रदान गर्ने, विद्यार्थीहरु विषयत शिक्षकहरु पाउने , शिक्षक रिक्त रहेका दरबन्दीमा शिक्षकको पदस्थापन गरिन शिक्षक नियुक्त प्रक्रियाले गर्ने उहाँको भनाई छ ।

हाललाई शिक्षक सरुवा र दरबन्दी मिलान यथावत राखी पदरिक्त विद्यालयहरुमा शिक्षक नियुक्त गर्न लागिएको जानकारी दिनुभयो । मैनालीले शिक्षक नियुक्त तत्काल गरी दरबन्दी मिलान र सरुवाको काम पनि मन्त्रालय र विभाग आफैले गर्ने जानकारी दिनुभयो । स्थानीय, जिल्ला हुदै आवश्यकतामा आधारमा प्रदेशतह सम्ममा सरकार आफैले शिक्षक बाँडफाँट गरी दरबन्दी मिलान तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्