‘ पश्चिम नेपालका ५ जिल्लामा ९३ जना कमलहरी ,६ जना अज्ञात ’



गिरिराज नेपाली

सैघाली अनलाईन खवर
आसर १३ , दाङ
पश्चिम नेपालका ५ जिल्लामा अझै ९३ जना कमैया कमलहरी अझै कमलहरी जीवन विताई रहेका छन । भने ६ जना अज्ञात रहेका मुक्त कमलहरी विकास मञ्चले दाङले जनाएको छ ।पश्चिम नेपालका ५ जिला दाङ , वाँके , वर्दिया , कैलाली र कञ्चनपुर गरी ९३ जना कमैया कमलहरीको दासतामा जीवन विताई रहेका छन । भने ६ जनाको अवस्था अझै अज्ञात रहेको मुक्त कमलहरी विकास मञ्च दाङले जनाएको छ ।    kamalri 1मुक्त कमलहरी विकास मञ्च दाङका अनुसार कैलालीमा ६१ जना , कञ्चनपुरमा ११ , वाँकेमा १७ , वर्दियामा २ र दाङमा २ गरी ९३ जना अझै कमलहरी वस्न वाध्य भईरहेको जनाएको छ । भने दाङमा २ , वर्दियामा २ र कैलालीका २ जनाको अवस्था अझै अज्ञात रहेको मञ्चले जनाएको छ । मुक्त कमलहरी विकास मञ्चकी पुर्व अध्यक्ष एंव वर्तमान सल्लाहाकार उर्मिला चौधरीले राप्ती समाचार संग कुराकानी गर्दै भनिन ‘ ४ वर्ष भयो , अव कहिले मुक्त पाउछौ । ’ हुनत मुक्त गरेको ४ वर्ष पुग्यो । तर राज्यले ४ दिनमै उद्धार गर्न सक्थ्यो । तर राज्यको फितलो कानुनी व्यावस्थाले गर्दा अझै ९३ जनाले कमलहरीको दासताको जीवन विताई रहनु परेको दुखेसो गरिन । उनले भनिन वर्दिया , कैलाली र दाङका आशरानी थारु , तुलारानी थारु , सर्या चौधरी , आशा चौधरी , सर्मिला चौधरी र सीता चौधरीको अवस्था अज्ञात रहेको छ । पटक पटक उनीहरु लाई उद्धारका लागि मुक्त कमलहरी विकास मञ्चले खोजीक कार्य गरे पनि उनीहरु लाई कमलहरी राखेको अवस्थमा भारत वा अन्य कुनै ठाँउ पु¥याई सकेकाले उनीहरु पहिचान गर्न नसकिएको उनले वताईन । उनले भनिन राज्यले कानुनी रुपमा कमैया ÷कमलहरी प्रथा उन्मुलन ग¥यौ । तर व्यावहारमा कार्यन्वयन गर्न नसक्दा अझै पनि ९३ जना कमैया ÷कमलहरीको दासतामै जिवन विताउन पर्ने वाध्यता छ । राज्यको फितलो नियमणकारी निति र लापरवाहीका कारण दासतामा परेको ९३ जनाको उन्मुक्ति पाउन सकेका छैनन । जसका कारण अझै हामीले राज्यको न्याय दिन नसकेका समेत उनल वताईन । उनले भनिन ‘४ वर्ष भयो । राज्यले कमलहरी मुक्त गरेको , तर अझै धेरै उही दासता जीवन विताउन वाध्य छन । चौधरीले भनिन ‘ के कमैया कमलहरी नेपाली नागरिक होईन । ’ दासता उन्मुलन भए पनि उही दासताको जीवन विताई रहनु पर्ने । राज्यले कमैया ÷कमलहरीकै रुपमा हेर्ने कानुनी रुपमा गरेका सहमति र सम्झौता कागजमा मात्रै सिमित राख्ने भएकाले राज्य द्वारा कमैया कमलहरी अन्यायमा परेको उनले वताई ।नेपाल सरकारले वि.स. २०७० साल असार १३ गते नेपाल लाई पुर्ण कमैया÷कमलहरी मूक्त राष्ट्र घोषणा गरेको सोमवार ठ्याक्कै ४ वर्ष वित्यो । कमैया कमलहरी उन्मुलन भएको ४ वर्ष विते पनि दाङ लगाएत पश्चिम नेपालका ५ जिल्लामा ९३ जना कमलहरी दासता वाट उन्मुति पाउन सकेका छैनन । भने ६ जनाको अवस्था अझै अज्ञात रहेको मुक्त कमलहरी विकास मञ्चले जानकारी दिएको छ ।

यसैविच मुक्त कमलहरी विकास मञ्चले मंगलवार चौथो मुक्त कमलहरी दिवस मनाएको छ । मञ्चकी अध्यक्ष विमला चौधरीको अध्यक्षता एंव नेपा युथ फाउण्डेशनकी ज्ञानुु थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा नेपाल पत्रकार महासंघ दाङका सल्लाहाकार दुर्गालाल केसी मानव अधिकार कर्मि विनोद केसी , पत्रकार शरद अधिकारी पुर्व मुक्त कमलहरी उर्मिला चौधरी लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्