सैघाली खबर/काठमाण्डौँ, १ जेठ।
यौनका बारेमा जोकोहीलाई पनि चासो एवं कौतुहल हुनु अस्वभाविक होइन । जुन बिषयलाई जति गोप्य बनाईन्छ त्यो बिषय त्यति नै कौतुहल हुने गर्दछ । यौनको बिषयमा पनि हाम्रो समाजमा यस्तै हुने गर्दछ । यसलाई लाजको रुपमा हेर्ने गरिन्छ । अनि यसलाई अश्लीलतको उपमा दिइन्छ । फलस्वरुप बिभिन्न अपराध, मानसिक कुण्ठा र यौन रोगले आक्रमण गर्ने गर्दछ । यथार्थ त के हो भने यौनलाई बैज्ञानिक रुपले बुझ्नु र बुझाउनु आवश्यक देखिन्छ ।
सेक्स सम्बन्धी केही भ्रम ।
- सेक्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन् ।
- यौन सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ ।
- पुरुषको मात्र स्वप्नदोष हुन्छ ।
- स्वप्नदोष यौन समस्याको संकेत हो ।
- कुमारी युवतीसंग सेक्स गरे यौनरोग निको हुन्छ ।
- निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ ।
- विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग लामो र ठूलो बनाउँछ ।
- हस्तमैथुन गर्दा लिंगको नसा भाँचिन्छ ।
- भ्यासेक्टोमीले मानिसलाई नपुंसक बनाउँछ ।
- महिलामा भन्दा पुरुषमा बढी यौन क्षमता हुन्छ ।
- गुदामैथुन पुरुष समलिंगीले मात्र प्रयोग गर्छन् ।
- एक सामान्य मानिसले चाहना राख्नेबित्तिकै उत्तेजित हुन सक्नुपर्छ ।
- लिंग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन ।
- मेनोपजले महिलाको यौन जीवन अन्त्य गर्छ ।
- यौन शिक्षाले युवाहरुलाई स्वच्छन्द सेक्सतर्फ लैजान्छ ।
- पहिलो सम्भोगमा महिलाको यौनांगबाट रगत आउनुपर्छ ।
- एकान्तमा सेक्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ ।
- महिनावारीको समयमा गरिने सेक्स अस्वस्थकर र असुरक्षित हुन्छ ।
- पहिलोपटकको सम्भोगमा महिला गर्भवती हुन सक्दैनन् ।
- दूध खुवाईरहेको समयमा सेक्स गर्दा महिला गर्भवती हुन सक्दैनन् ।
- सेक्सका लागि महिला गर्भवती हुन नसक्ने सुरक्षित अवधि पनि हुन्छ ।
- स्खलन हुनेबेलामा योनिबाट लिंग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरिका हो ।
- होमोसेक्सुअलहरुले पनि यौनसम्बन्धी सपना देख्छन् । तर, समलिंगी सम्बन्धका बारेमा मात्र सपना देख्छन् ।
- निदाएको बेलामा हुने चरमोत्कर्ष यौन समस्याको संकेत हो ।
- ठूलो लिंगले मात्र महिला पार्टनर सन्तुष्ट हुन सक्छन् ।
सेक्स सम्बन्धि केहि तथ्यहरु ।
- सेक्सका क्रममा महिलाहरु स्खलित हुँदैंनन् । सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ ।
- यौनसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन ।
- रातीको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन् ।
- स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन् ।
- कुमारी महिलासंग यौन सम्पर्क गरे यौन रोग निको हुँदैंन । बरु यौन रोग महिलामा सर्न सक्छ ।
- निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैंन । एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन ।
- लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन । शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
- हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो । नसा भाँच्चिदैंन ।
- भ्यासेक्टोमी (पुरुषका लागि) र ट्युबेक्टोमी (महिलाका लागि) गरिने अपरेशनका कारण यौन चाहना र क्षमता घट्दैन । बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ ।
- पूरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन । यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ ।
- गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन् ।
- यौन चाहना गर्दा पुरुषको लिंगमा उत्तेजना आउछ ।
- उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन । अन्य क्राइटेरिया पनि हुन्छन् ।
- मेनोपज (महिनावारीको अन्त्य) महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो ।
- यौन शिक्षा दिँदैंमा युवायुवतीहरु स्वच्छन्द सेक्सतिर जाँदैंनन् । यसले उनीहरुमा यौन बुझ्ने क्षमता वृद्धि गराउँछ ।
- सम्भोगविना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन् ।
- कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन । सामान्यतः कुमारीहरुमा योनिको झिल्ली च्याँतिदा रगत आउन सक्छ । यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ । त्यसैले पहिलो सेक्सका क्रममा रगत आउनैपर्छ भन्ने जरुरी छैन ।
- महिनवारीका क्रममा सेक्स सुरक्षित हुन्छ । तर, त्यसका लागि दूवै पक्षले चाहनुपर्छ ।
- पहिलो सम्भोगमै महिलाहरु गर्भवती हुन सक्छन् ।
- बच्चालाई स्तनपान गराइरहेको समयमा महिला महिनवारी नहुने हुन सक्छन् । तर, गर्भवती भने हुन्छन् ।
- महिनावारीको समयदेखि निश्चित समयसम्म यौनसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ । तर, पूर्णतया सुरक्षित भने हुँदैंन ।
वीर्य स्खलन भएको समयमा योनिबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैंन । पूर्ण रुपमा वीर्य झर्नुअगावै केही शुक्राणु झरिसकेको हुन सक्छ । - वयस्क उमेरअघि यौनजन्य सपना आउनु सामान्य हो ।
- निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थ हो । यसबारे कुनै चिन्ता लिनुपर्दैन ।
- यौन सन्तुष्टिका लागि ठूलो या सानोलिंगले कुनै महत्व राख्दैंन । तर, उत्तेजना भएको समयमा सिधा हुनुचाहि आवश्यक हुन्छ ।।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।